Nepal Automobile Importers and Manufacturers Association (NAIMA)

उच्च अदालत बार पाटनमा पीपीएलए–एनएलएको प्यानलै विजयी, अध्यक्षमा सेवन्तराज निरौला

222
shares

 

काठमाडौं । उच्च अदालत बार एशोसिएसन पाटनको निर्वाचनमा वामपन्थी समर्थक कानुन व्यवसायीहरूको बृहत् प्रगतिशील तथा पेसागत समूह (पीपीएलए–एनएलए)ले शानदार जित हासिल गरेको छ।

नेकपा (एमाले) र नेकपा निकट कानुन व्यवसायीहरूको समर्थनमा चुनावी मैदानमा उत्रिएको पीपीएलए–एनएलएको प्यानलै विजयी भएको हो। समूहका तर्फबाट अध्यक्षका उम्मेदवार सेवन्तराज निरौलाले १ हजार १ सय ५२ मत प्राप्त गर्दै फराकिलो मतान्तरसहित विजयी भएका छन्।

निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) निकट राष्ट्रिय स्वतन्त्र कानुन व्यवसायी मञ्चका उम्मेदवारले १९९ मत प्राप्त गर्दा नेपाली कांग्रेस निकट डेमोक्रेटिक लयर्स एसोसिएसन (डीएलए)का देवीप्रसाद रिजालले १२२ मत पाएका छन्।

शनिबार सम्पन्न निर्वाचनबाट पीपीएलए–एनएलए गठबन्धनका तर्फबाट उपाध्यक्षमा अधिवक्ता दुर्गाप्रसाद चिमरिया, सचिवमा अधिवक्ता राजीव पोखरेल, सहसचिवमा अधिवक्ता सीमा सुवेदी र कोषाध्यक्षमा अधिवक्ता दिलकुमार कार्की निर्वाचित भएका छन्।

महिला सदस्यतर्फ अधिवक्ता अनिता पौड्याल, इन्दिरा शर्मा र बबिता राई विजयी भएका छन्।

त्यस्तै, खुला सदस्यतर्फ अधिवक्ता विष्णु महत, शर्मिला अधिकारी, दिपेश ओझा, सुलभ पराजुली, मैयाँ ढुङ्गाना, निश्चल खरेल, बालकृष्ण थापा, राजन केसी, कटकबहादुर शाही, गोविन्दकुमार शाह र मातृका खनाल निर्वाचित भएका छन्।

सम्पूर्ण प्यानल विजयी भएसँगै उच्च अदालत बार एशोसिएसन पाटनमा पीपीएलए–एनएलएको प्रभाव थप बलियो बनेको छ।

civil hospital
Hams Hospitals