जापानमा हुने टाेकियाे ओलम्पिक आजबाट उद्घाटन हुदैँ

21K
shares
Nabil bank

काठमाडौँ। ३२ औं ग्रीष्मकालीन टाेकियाे ओलम्पिक खेलकुद आजदेखि औपचारिक रुपमा सुरुवात हुँदैछ।

यो प्रतियोगिता जापानको राजधानी टोकियोमा नेपाली समय अनुसार दिउँसो ४ बजे उद्घाटन हुनेछ । उद्घाटनको मार्चपासमा नेपालको झण्डा गौरिका सिंह र एलेक्जेन्डर शाहले फर्फराउँदै बाेक्ने छन्।

टोकियो ओलम्पिकका लागि विश्वका सबै देशबाट खेलाडी, प्रशिक्षक तथा व्यवस्थापकको टोली जापान आइ सकेको ओलम्पिक कमिटीले बताएकाे छ ।

नेपालबाट खेलाडी, प्रशिक्षक तथा अफिसियलसहित २३ जनाको टोली यसअघि नै टोकियो पुगि सकेकाे छ।

कोरोनाको महामारीका बीच सुरु भएको ओलम्पिकलाई विभिन्न स्वास्थ्य मापदण्ड पुरा गरेर सञ्चालन गरिनेछ। काेभिड १९ का कारण २०२० मा हुनु पर्ने प्रतियोगिता १ वर्ष पछि सरेको हो ।

civil hospital
Hams Hospitals
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
0
Would love your thoughts, please comment.x
()
x