Banner ad for NADA AUTO SHOW -2026

सुनको मूल्य फेरि उच्च

129
shares

काठमाडौँ। नेपाली बजार पहेलो धातु सुनको भाउ फेरी आकाशिएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार पछिल्लो तीन दिनमा सुनको भाउ १५ हजार ४ सयले बढेको हो।

 

आज सुनको भाउ तोलामा ३ हजार २ सय रुपैयाँ बढेर ३ लाख २२ हजार ७ सय पुगेको महासंघले जनाएको छ। आइतबार सुनको भाउ तोलामा २ हजार ८ सय रुपैयाँ बढेर ३ लाख १९ हजार ५ सय कायम भएको थियो।

 

यसअघि गएको बिहीबार सुनको भाउ तोलामा ९ हजार ३ सय र शुक्रबार ३ हजार ३ सय रुपैयाँ बढेको थियो। आजसहित चार कारोबार दिनमा सुनको भाउ तोलामा १८ हजार ६ सय रुपैयाँ बढिसकेको छ।

 

त्यसैगरी आज चाँदीको मूल्य भने आज पनि घटेको छ। हिजो तोलामा १० रुपैयाँ घटेर चाँदीको भाउ आज पनि तोलामा १० रुपैयाँ नै घटेर तोलाको ४ हजार ९ सय ६५ रुपैयाँमा झरेको महासंघले जनाएको छ।

civil hospital
Hams Hospitals