एकैपटक १४५ जना कर्मचारीहरुको सरुवा, मागेकै ठाउँमा पठाइएको दाबी
वि.सं.२०८३ भदौ २६ शुक्रवार
shares
काठमाडौं । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले एकैपटक १४५ जना खरिदारको सरुवा गरेको छ।
मन्त्रालयले कर्मचारीको सरुवा व्यवस्थापनका क्रममा सेवा अवधि पुगेका तथा सरुवा हुन इच्छुक खरिदारहरूबाट अनलाइनमार्फत निवेदन माग गरेको थियो। सोही निवेदनका आधारमा १४५ जना खरिदारको सरुवा गरिएको हो।
सरुवा प्रक्रियामा कर्मचारीहरूले आफूलाई पायक पर्ने तथा माग गरेको कार्यालयका लागि अनलाइनमार्फत निवेदन दिएका थिए। मन्त्रालयले प्राप्त निवेदन तथा कर्मचारीको सेवा अवधि लगायतका आधारमा सरुवा गर्दा कतिपय कर्मचारीलाई उनीहरूले माग गरेकै स्थानमा पठाइएको पाइएको छ।
एकैपटक ठूलो संख्यामा खरिदारको सरुवा भएपछि मन्त्रालयले कर्मचारी व्यवस्थापनलाई व्यवस्थित बनाउन खोजेको देखिएको छ। लामो समयदेखि एउटै कार्यालयमा कार्यरत कर्मचारीलाई सेवा अवधि र उनीहरूको मागका आधारमा सरुवा गर्ने प्रक्रियालाई मन्त्रालयले प्राथमिकता दिएको बताइएको छ।
मन्त्रालयले यसअघि पनि विभिन्न तहका कर्मचारीहरूको सरुवा तथा पदस्थापन गर्दै आएको छ। पछिल्लो निर्णयसँगै १४५ जना खरिदारको कार्यस्थलसमेत परिवर्तन भएको छ।
































