३२ प्रमुख प्रशासकीय अधिकृतसहित ६२ अधिकृतको सरुवा

171.8K
shares
Nabil bank

काठमाडौं । भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले ३२ जना प्रमुख प्रशासकीय अधिकृतसहित राजपत्राङ्कित तृतीय श्रेणीका ६२ अधिकृतको सरुवा तथा कामकाजमा खटाउने निर्णय गरेको छ।

मन्त्रालयको भदौ २६ गतेको निर्णयअनुसार विभिन्न मन्त्रालय, विभाग, कार्यालय तथा स्थानीय तहमा कार्यरत अधिकृतहरूको जिम्मेवारी हेरफेर गरिएको हो।

सरुवा हुने ६२ अधिकृतमध्ये ३२ जना प्रमुख प्रशासकीय अधिकृत रहेका छन्। त्यस्तै १७ जना शाखा अधिकृत, चार जना अध्यागमन अधिकृत, तीन जना प्रशासकीय अधिकृत, दुई जना जिल्ला निर्वाचन अधिकारी, दुई जना हुलाक अधिकृत, एक जना मालपोत अधिकृत र एक जना जेलर रहेका छन्।

मन्त्रालयको निर्णयअनुसार स्थानीय तहमा कार्यरत केही प्रमुख प्रशासकीय अधिकृतलाई संघीय निकायमा फिर्ता गरिएको छ भने संघीय कार्यालयमा कार्यरत केही अधिकृतलाई स्थानीय तहमा कामकाजका लागि खटाइएको छ।

यससँगै विभिन्न स्थानीय तहको प्रशासनिक नेतृत्वमा समेत परिवर्तन भएको छ। प्रमुख प्रशासकीय अधिकृतको सरुवाले स्थानीय तहको प्रशासनिक कामकारबाही तथा सेवा प्रवाहमा प्रत्यक्ष प्रभाव पार्ने भएकाले यसलाई नियमित प्रशासनिक व्यवस्थापनका रूपमा हेरिएको छ।

मन्त्रालयले केही कर्मचारीलाई प्रचलित निजामती सेवा ऐनको व्यवस्थाअनुसार सरुवा गरेको जनाएको छ। त्यस्तै केही कर्मचारीलाई स्थानीय सरकार सञ्चालन ऐन, २०७४ को दफा ८४(४) बमोजिम स्थानीय तहमा कामकाजका लागि खटाइएको छ।

मन्त्रालयले संघीय कार्यालय र स्थानीय तहको प्रशासनिक आवश्यकता तथा कर्मचारी व्यवस्थापनलाई आधार बनाएर सरुवा तथा कामकाजमा खटाउने निर्णय गरेको हो।

civil hospital
Hams Hospitals
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
0
Would love your thoughts, please comment.x
()
x