कन्सूलरहरुको डिनमा गोल्छा नियुक्त, चौधरीको विदाई

24.8K
shares
Nabil bank

काठमाडौं । नेपालस्थित कन्सूलरहरुको छाता संगठन अनररी कन्सूलर कर्प्स—नेपाल (एचसीसी—एन) मा नयाँ डिन चयन गरिएको छ।

नेपालस्थित मोरक्को अधिराज्यका लागि महावाणिज्यदूत बसन्त कुमार चौधरीको एक वर्षे कार्यकालको समाप्तिसँगै आगामी एक वर्षका लागि एचसीसी—एनको डिनमा लोकमान्य गोल्छा चयन भएका हुन् । उनी पोल्याण्डका लागि अवैतिनक महावाणिज्यदूत तथा गोल्छा अर्गनाइजेसनका अध्यक्ष समेत हुन् ।

एचसीसी—एनको १५ औं ‘चार्टर्ड डे’को अवसरमा शुक्रबार आयोजित एक औपचारिक समारोहका बीच तत्कालीन डिन चौधरीले गोल्छालाई पद हस्तान्तरण गरेका हुन् ।

एचसीसी—एनले प्रत्येक वर्षको जुलाई २३ का दिन ‘चार्टर्ड डे’ मनाउँदै आएको छ । सोही दिन एचसीसी—एन डिनको पद पनि हस्तान्तरण गर्ने प्रचलन रहेको छ ।

सन् २००७ मा कन्सूलरहरुबीच मित्रवत व्यवहार स्थापना, आपसी समझदारी तथा हित र सदस्यहरुबीच सूचना आदानप्रदान लगायतका उद्देश्य राखी एचसीसी—एन गठन भएको थियो । एचसीसी—एनको पहिलो डिनको रुपमा स्वीडेनका लागि कन्सूल जनरल गजेन्द्रबहादुर श्रेष्ठ चयन भएका थिए । नियुक्तिको हिसाबले वरिष्ठताका आधारमा कन्सूलरहरुले एचसीसी—एनमा डिनको रुपमा काम गर्ने अवसर पाउने गरेका छन् ।

civil hospital
Hams Hospitals
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
0
Would love your thoughts, please comment.x
()
x