विद्युतीय सवारी साधन उत्पादनका लागि एसेम्बल प्लान्ट निर्माण प्रक्रिया शुरु

21.1K
shares
Nabil bank

रुपन्देही। रुपन्देहीको सैनामैना नगरपालिकामा विद्युतीय सवारी साधन उत्पादनका लागि एसेम्बल प्लान्ट निर्माण प्रक्रिया शुरु भएको छ।

सैनामैना वडा नं ८ र ९ को भड्सीमा करिब १० बिघा जग्गामा एसेम्बल प्लान्ट निर्माण हुने भएको हो। प्लान्ट निर्माणका लागि नगरपालिकाले सुन्दर ट्रेडर्स प्रालिलाई २५ वर्षका लागि जग्गा लिजमा दिने सम्झौता गरेको हाे।

सुन्दर यातायातको भगिनी कम्पनी सुन्दर अटो इन्जिनियरिङमार्फत यो प्लान्ट सैनामैनामा स्थापना हुन लागेको हो । प्लान्टमा ४९ प्रतिशत सुन्दर अटो इन्जिनियरिङ र ५१ प्रतिशत चिनियाँ कम्पनीको लगानी हुने छ । सैनामैना नगरपालिकाका प्रमुख चित्रबहादुर कार्कीले पहिलो चरणमा सुन्दर ट्रेडर्स प्रालिले तीन अर्ब ६० करोड रुपैयाँ लगानी गरी एसेम्बल प्लान्ट निर्माण गर्ने बताए ।

प्लान्टमा तीन सयजनाले रोजगारी पाउने प्रालिले जनाएको छ । एसेम्बल प्लान्टबाट देशभर र छिमेकी देशमा समेत सवारी साधन विक्रि वितरण हुने भएकाले सैनामैनाको आर्थिक विकासमा कोशेढुंगा सावित हुने नगर प्रमुख कार्कीले बताए ।

 

civil hospital
Hams Hospitals
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
0
Would love your thoughts, please comment.x
()
x