शेयर बजार सूचकमा नयाँ कीर्तिमान

17.2K
shares
Nabil bank

काठमाडौं । नेपाली शेयर बजार सूचकले नयाँ कीर्तिमान कायम गरेको छ । आइतबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) ५४.३१ अंकले बढेर ३०५८.६३ अंकमा बन्द भएको छ । यो हालसम्मकै उच्च अंक हो । यसअघि जेठ ३१ गते नेप्सेले ३०२५.८३ अंकको कीर्तिमान कायम गरेको थियो ।

नेप्सेको नयाँ कीर्तिमानसँगै कारोबार रकममा पनि सुधार आएको छ।आइतबार २२३ कम्पनीका ४ करोड ९३ लाख कित्ता शेयर किनबेच हुँदा १४ अर्ब २३ करोड रुपैयाँ बराबरको कारोबार भएको छ । यसअघि बजारमा दैनिक २० अर्ब रुपैयाँसम्मको कारोबार भएको थियो । बजार घट्न थालेपछि कारोबार रकम पनि ४ अर्ब रुपैयाँमा घटेको थियो । नेप्से सूचकमा आएको सुधारसँगै कारोबार रकमसमेत वृद्धि भएको हो ।

आइतबार शेयर बजारमा सबैभन्दा बढी हिस्सा भएको बैकिङ सूचक उच्च अंकले वृद्धि हुँदा नेप्सेमा सकारात्मक प्रभाव परेको हो । बैंकिङ समूह ७२.१४ अंकले वृद्धि भएको छ । यसैगरी उत्पादन २.७१, विकास बैंक १३, जलविद्युत् ७१.६, फाइनान्स २४.८६, निर्जीवन बिमा ४८.४२, उत्पादन ७१.८६, अन्य ६.६, लघुवित्त ८६.२३, जीवन बिमा ३०.८६ र लगानी समूह ०।०४ अंकले बढेको छ । आइतबार होटल तथा टुरिजम २२.५ र म्युचुअल फण्ड ०.२४ अंकले बढेका छन्।

नयाँ आर्थिक वर्ष सुरु भएसँगै वित्तीय विवरण सार्वजनिक भएका कम्पनीको अवस्था राम्रो देखिएको र लगानीकर्ताहरू उत्साहित भएर बजारमा लगानी गर्न थालेका हुन् । कोभिड–१९ को महामारीका बीच पनि बैंक तथा वित्तीय संस्थाहरूको अवस्था सहज देखिएको छ । गत आवको वित्तीय विवरण सार्वजनिक गरेका केही वित्तीय संस्थाको अवस्था राम्रो देखिएकाले लगानीकर्तालाई उत्साहित गरेको विश्लेषण छ ।

नयाँ आर्थिक वर्ष सुरु भएसँगै राजनीतिक परिवर्तन र सूचिकृत कम्पनीहरूको सकारात्मक सूचक र वित्तीय बजारमा तरलताको सहज अवस्थाले पनि बजारमा सकारात्मक प्रभाव पारेको नेपाल इन्भेष्टर्स फोरमका अध्यक्ष छोटेलाल रौनियारले बताए ।

यसैगरी अर्थमन्त्री जनार्दन शर्माले पनि लगानीकर्ताहरूको भेटघाटका साथै सार्वजनिक कार्यक्रममा आफू शेयर बजारप्रति सकारात्मक रहेको र बजारलाई नकारात्मक प्रभाव पार्ने कुनै गतिविधि नगर्ने भन्दै लगानीकर्तालाई विश्वासमा लिने प्रयास गरिरहेका छन् ।

नेपाल धितोपत्र बोर्डले जोखिमयुक्त कम्पनीको सूची सार्वजनिक गरी सचेत भएर कारोबार गर्न सुझाव दिएसँगै घट्न थालेको बजारले एक महिनापछि रेकर्ड ब्रेक गरेको छ।

आजको कारोबार दैनिकमा समाचार छ।

civil hospital
Hams Hospitals
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
0
Would love your thoughts, please comment.x
()
x