पढाइ नै नभएको दुई महिनाको शुल्क मागेको मिल्सबेरी स्कुलद्वारा स्वीकार

348
shares
Nabil bank

 

काठमाडौं । मिल्सबेरी इन्टरनेशनल स्कुलले पढाइ नभएको अवधिको समेत शुल्क मागेर अभिभावकलाई बिल पठाएको विषयमा स्पष्टीकरण दिएको छ। विद्यालयले विज्ञप्ति जारी गर्दै दसैँको आसपास एक महिनाको अतिरिक्त शुल्क अग्रिम माग गरिएको स्वीकार गरेको हो।

विद्यालयले सेप्टेम्बरमै अक्टोबर र नोभेम्बर महिनाको शुल्क असोज २२ गतेभित्र बुझाउन अभिभावकलाई आग्रह गर्दै सन्देश पठाएको थियो। यस विषयमा विभिन्न सञ्चारमाध्यमले समाचार प्रकाशित गरेपछि विद्यालयले विज्ञप्तिमार्फत आफ्नो धारणा सार्वजनिक गरेको हो।

 

विद्यालयका अनुसार नियमित मासिक शुल्कबाहेक थप एक महिनाको शुल्क अग्रिम भुक्तानी गर्न अनुरोध गरिएको हो। विद्यालयले उक्त अग्रिम भुक्तानी स्वैच्छिक भएको दाबी गरेको छ।

 

तर, विद्यालयको आफ्नै क्यालेन्डरमा दसैँ र तिहारका कारण लामो बिदा उल्लेख भए पनि सो अवधिसँग सम्बन्धित शुल्कसमेत अग्रिम मागिएको भन्दै अभिभावकहरूले प्रश्न उठाएका छन्। विशेषगरी पढाइ सञ्चालन नहुने अवधिको खाना तथा अन्य शीर्षकमा शुल्क मागिएको विषयमा अभिभावकहरू असन्तुष्ट देखिएका छन्।

 

दसैँको मुखमा एकैपटक दुई महिनाको बिल पठाइएपछि आफूहरू मानसिक दबाबमा परेको केही अभिभावकले बताएका छन्।

विद्यालयले भने विगतका वर्षहरूमा जस्तै दसैँ आसपास आफ्ना वित्तीय दायित्व पूरा गर्न तथा शिक्षकहरूको चाडपर्व भत्तालगायत खर्च व्यवस्थापन गर्न अग्रिम शुल्क मागिएको जनाएको छ।

यो पनि पढ्नुहोस् छुटाउनु भयो कि:

दशैंको मुखमा मिल्सबेरी स्कुलको बिल आतंकः पढाइ नै नभई दुई महिनाको बिल

civil hospital
Hams Hospitals