हाइकुहरू

39
shares
Nabil bank

 

१.
ईर्ष्याको आगो
अरूको सुख देख्दा
मन नै जल्छ ।

२.
लोभको आँखा
धन जति पाए पनि
भोकै रहन्छ।

३.
घुसको भारी
विवेक बेचेर मानिस
खाली हुन्छ।

४.
सत्यको बाटो
काँडाबीच पनि हिँड
मन शान्त हुन्छ।

५.
लोभले ढाक्यो
मानवताको उज्यालो
अँध्यारो भयो।

६.
ईर्ष्या बढ्दा
मायाको फूल झर्छ
मन रित्तिन्छ।

७.
नोटको झिल्को
सिद्धान्त बिर्सन्छ मानिस
आत्मा रुन्छ।

८.
कुर्सीको मोह
सेवाको अर्थ हरायो
देश रोइरहेछ।

९.
स्वार्थको खेती
सम्बन्ध सबै सुक्छन्
माया हराउँछ।

१०.
घुसको पैसाले
महल ठडिए पनि
शान्ति आउँदैन ।

११.
सत्यको दीप
आँधीले निभाउन खोजे
फेरि बल्छ ।

१२.
अरूको उन्नति
देखेर हाँस्न सिके
मन फूल्छ।

१३.
लोभको समुद्र
तृष्णा झन् बढ्दै जान्छ
किनारा टाढा।

१४.
भ्रष्ट हातहरू
कानुनसँग डराउँछन्
सत्य जाग्दा ।

१५.
करुणा बाँडौँ
मानवताको बाटोमा
फूलहरू फुलून् ।

१६.
धनको पछि दौड
समय हातबाट झर्छ
जीवन सकिन्छ ।

१७.
ईर्ष्या छोडेर
अरूको दीप बाल्दा
आफैं उज्यालो।

१८.
सफा मन राख
धनभन्दा ठूलो हुन्छ
मान्छेको चरित्र।

१९.
लोभको जालो
फाटेपछि मात्र थाहा
आफ्नै कैद रहेछ।

२०.
सत्यको ज्योति
भ्रष्ट रात चिरेर
बिहानी ल्याउँछ।

 

civil hospital
Hams Hospitals