आजको मौसम :हिमाली र पहाडी क्षेत्रमा वर्षा तथा हिमपातको सम्भावना
वि.सं.२०८३ कात्तिक १६ सोमवार
580
shares
shares
काठमाडौं । जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ।
महाशाखाका अनुसार अहिले देशभर आंशिक बदली रहेको छ। दार्चुला, बझाङ र हुम्लाका एकदुई स्थानमा हल्का वर्षा तथा हिमपात भइरहेको छ।
आज दिउँसो देशका हिमाली तथा पहाडी भूभागका एकदुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ। त्यस्तै, लुम्बिनी प्रदेशको तराई भूभागका एकदुई स्थानमा पनि हल्का वर्षा हुन सक्ने पूर्वानुमान गरिएको छ।
आज राति देशका हिमाली तथा पहाडी भूभागमा आंशिक बदली रहनेछ भने तराईका साथै उपत्यका र खोँचहरूमा बिहानपख केही स्थानमा हुस्सु तथा कुहिरो लाग्ने सम्भावना रहेको महाशाखाले जनाएको छ।
Subscribe
0 Comments
Oldest































