एनपीएलमा आज काठमाडौँ र कर्णाली तथा सुदूरपश्चिम र चितवनबीच प्रतिस्पर्धा हुँदै

232
shares
Nabil bank

 

काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज सोमबार दुई खेल हुँदै छ ।

कीर्तिपुरस्थित त्रिभुवन अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा आज काठमाडौँ गोर्खाज र कर्णाली याक्स तथा सुदूरपश्चिम रोयल्स र चितवन राइनोजबीच प्रतिस्पर्धा हुँदै छ ।

पहिलो खेल दिउँसो १२ः३० बजे काठमाडौँ गोर्खाज र कर्णाली याक्सबीच प्रतिस्पर्धा हुनेछ।

त्यस्तै, दोस्रो खेलमा साँझ ५ बजे सुदूरपश्चिम रोयल्स र चितवन राइनोज आमनेसामने हुनेछन् ।

दोस्रो खेल खेल्न लागेको काठमाडौँ पहिलो जितको खोजीमा छ भने कर्णाली याक्सले भने अहिलेसम्म दुई खेलमा विजयी भइसकेको छ ।

दोस्रो खेलमा सुदूरपश्चिम रोयल्स र चितवन राइनोज भिड्नेछन्।

तीन खेल खेलिसकेको सुदूरपश्चिम रोयल्सले एक खेलमा मात्र जितेको छ।

यस्तै चितवन राइनोजले एक खेलमा जित निकालेको छ र एक खेलमा वर्षाका कारण अङ्क बाँडेको छ ।

civil hospital
Hams Hospitals
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
0
Would love your thoughts, please comment.x
()
x