नेपाली क्रिकेट जगतमा अफ्रिदीको प्रेरणा

12.7K
shares
Nabil bank

पाकिस्तानी अल राउन्डर क्रिकेटर शाहिद अफ्रिदी एभरेस्ट प्रिमियर लिग (ईपीएल) चौथो संस्करणमा काठमाडौं किंग्स एलभेनबाट खेल्ने भएपछि नेपाली क्रिकेट जगत्मा भिन्नै रौनकता र उत्साह छाएको छ । विश्व क्रिकेटका अलराउन्डर तथा पाकिस्तानका पूर्वकप्तान अफ्रिदीको यो निर्णयले नेपाली क्रिकेट खेलाडी तथा क्रिकेटप्रेमी निकै उत्साहित हुन पुगेका छन् । पछिल्लो समयमा क्रिकेट जगत्मा नेपालले पनि आफ्नो उल्लेख्य उपस्थिति देखाउन थालेपछि क्रिकेट खेल आफैंमा नेपालका लागि नयाँ पहिचान बन्न पुगेको छ । यो वर्षको चौथो संस्करणको ईपीएल आगामी ९ असोजदेखि २३ असोजसम्म त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदान कीर्तिपुरमा हुने तालिका सार्वजनिक हुने क्रमसँगै काठमाडौंले सोमबार विदेशी खेलाडीका रूपमा अफ्रिदीको नाम सार्वजनिक गरेको छ । छिमेकी तथा मित्रराष्ट्र पाकिस्तानले नेपालको क्रिकेट क्षेत्रको प्रगतिलाई नजिकबाट नियालिरहेका कारण पनि यो संयोग सम्भव हुन गएको हो । अफ्रिदीको अनुबन्धनबारे नेपालको घोषणासँगै उनले भिडियो कन्फ्रेन्समार्फत् काठमाडौंमा क्रिकेट खेल्न पाउँदा आफू उत्साहित भएको उत्साहजनक प्रतिक्रिया दिएका छन् । अनुभव र सहकार्यका हिसाबले आफूलाई नेपाली क्रिकेट तथा खेलाडीका विषयमा धेरै जानकारी हुन नपाए पनि अबका दिनमा नेपाली युवा खेलाडीसँग व्यावहारिक रूपमै सहकार्य गर्न पाउँदा उत्साहको बहार आएको समेत बताएका छन् ।

४१ वर्षीय परिपक्व अफ्रिदी विश्व क्रिकेट जगत्का अलराउन्डर खेलाडी हन् । ‘बुमबुम’ अफ्रिदी भनेर चिनिने उनी क्रिकेट खेलमा ठूला सर्ट र स्पिन बलिङका लागि माहिर मानिन्छन् । आफूले जानेका कुरा नेपाली क्रिकेट खेलाडीलाई सिकाउने र सिकेर थप प्रगति गर्न उत्साहित बनाउने उनको सोच रहेको छ । विश्व क्रिकेटमा पाकिस्तानका लागि २७ टेस्ट, ३ सय ९८ ओडीआई र ९९ टी–२० जस्ता अन्तर्राष्ट्रिय खेल खेलिसकेका अफ्रिदी ईपीएलमा सहभागी भएर नेपाली क्रिकेट जगत्मा आफ्नो अनुभवलाई सकारात्मक रूपमा पस्किन चाहन्छन् । यो मनोभावनालाई नेपाली क्रिकेट जगत्ले पनि यही रूपमा बुझेको देखिन्छ । सन् १९९६ मा केन्याविरुद्ध ओडीआईमा डेब्यु गर्दै अन्तर्राष्ट्रिय क्रिकेट यात्रा अघि बढेका उनले ओडीआईमा ८ शतक र ३९ अर्धशतकसहित कुल ८ हजार ६४ रन तथा ३ सय ९५ विकेट लिएका छन् । सन् २००६ मा इंग्ल्यान्डविरुद्ध टी–२० आईमा डेब्यु गरेपछि उनी १ हजार ४ सय १६ रनसहित ९८ विकेट लिएर चर्चाको धुरी चढ्न सफल भएका थिए । काठमाडौंले गत वर्ष नाम सार्वजनिक गरेका केभिन ओ ब्रायन र न्युजिल्यान्डका कोरी एन्डरसनको नेपाल आगमन निश्चित नभए पनि अफ्रिदी भने नेपाल आउने र ईपीएलमा सहभागी हुने देखिएको छ ।

क्रिकेट खेल अहिलेको विश्व जगत्मा पहिचान र प्रतिस्पर्धाको नयाँ नाम बनेको छ । विश्वमा कुन देश कति आधुनिक छन् । कतिले प्रगति गरेका छन् र विश्वमा आफ्नो पहिचान तथा उपस्थिति कायम राखिरहन कति सचेत प्रयत्न गरिरहेको छ भन्ने कुरा खेल जगत्बाट मापन हुन थालेको छ । खेल आफैंमा एक कूटनीतिक सम्बन्ध कायम गर्ने नयाँ कूटनीतिक साधनका रूपमा विकसित हुँदै आएकाले पनि यो विश्वमा बढी स्वीकार्य हुँदै गएको छ । सम्बन्धित देशका जनताको मनोभावना र राष्ट्रिय एकताको पहिचान पनि भएकाले खेल आफैंमा दुई देशबीचमा सुदृढ जनसम्बन्ध स्थापनाको साधन पनि बन्न पुगेको छ । अलराउन्डर शाहिद अफ्रिदीको एपीएल क्रिकेट खेलमा सहभागितासँगै नेपाल र पाकिस्तानको सम्बन्ध जनस्तरमा गाढा बनेर जानेछ । अफ्रिदीको अनुबन्धन नेपाल र नेपाली क्रिकेट जगत्का लागि नयाँ अनुभव, उत्साह र प्रेरणा बनोस् ।

राजधानी दैनिकमा समाचार छ।

civil hospital
Hams Hospitals
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
0
Would love your thoughts, please comment.x
()
x