टी-२० बरियतामा नेपालका खड्का,मल्ल र लामिछानेकाे बरियता खस्कियो
वि.सं.२०७८ साउन १३ बुधवार
23.2K
shares
shares
काठमाडौँ।अन्तराष्ट्रिय क्रिकेट काउन्सिल आइसीसीले सार्वजनिक गरेको नयाँ टी २० बरियतामा नेपालबाट रहेका कप्तान ज्ञानेन्द्र मल्ल, पारस खड्का र बलर सन्दिप लामिछानेको बरियता खस्किएको छ।
अन्तराष्ट्रिय क्रिकेट काउन्सिल आइसीसीले सार्वजनिक गरेकाे वरियतामा उनीहरुको वरियता खस्किएको हाे।

नयाँ बरियतामा मल्लको बरियता दुई स्थान तल झरेर ९७ औं स्थान रहदाँ पूर्व कप्तान पारस खड्कापनि तीन स्थान तल झर्दै ९४ औं स्थानमा पुगेका छन ।
त्यस्तै बलिङ्ग तर्फ सन्दिप लामिछानै चार स्थान तल झरेर ८३ औं स्थानमा छन ।

विश्व बरियताको शिर्ष स्थानमा इंग्ल्याण्डका डेविड मलान तथा दोस्रो स्थानमा पाकिस्ताका बाबर अजाम छन ।
बलिङतर्फ शिर्ष स्थानमा दक्षिण अफ्रिकी खेलाडी तबरेज साम्सी छन।

Subscribe
0 Comments
Oldest
































