सशस्त्र प्रहरीमा देउसी–भैलोको आवरणमा रकम असुली, एसपी गिरीको भूमिका शंकास्पद !

116
shares
Nabil bank

 

काठमाडौं । चाडपर्व नेपाली समाजमा आपसी सद्भाव, संस्कृति र सामाजिक एकताको प्रतीक मानिन्छ। तर सशस्त्र प्रहरी बलभित्र महानिरीक्षककी पत्नी सभापति रहेको सशस्त्र प्रहरी परिवार महिला संघले तिहारको देउसी–भैलोलाई रकम संकलनको माध्यम बनाएको पाइएको छ। देशभरका सशस्त्र प्रहरी युनिटलाई निश्चित रकम तोकेरै सहयोग मागिएको र रकम जुटाउन मातहतका कार्यालय प्रमुखहरू दबाबमा रहेको विषयले संगठनको आन्तरिक प्रशासन, आर्थिक पारदर्शिता र नेतृत्वको जवाफदेहितामाथि गम्भीर प्रश्न चिन्ह खडा गरेको छ।

स्रोतका अनुसार महानिरीक्षक पत्नी सावित्राकुमारी जैशी नेतृत्वको संघको देउसी–भैलो अभियानका लागि भन्दै भारतसँग सीमा जोडिएका जिल्लाका बीओपी, भन्सार गुल्म तथा गणहरूलाई ५० हजारदेखि एक लाख रुपैयाँसम्म सहयोग रकम तोकिएको छ। बाहिनी तथा तालिम केन्द्रलाई समेत एक लाख र अन्य गणलाई ५० हजार रुपैयाँसम्म सहयोग गर्न भनिएको छ। यसरी दर नै तोकेपछी अधिकांश युनिटमा तल्लो तहका कर्मचारीको रासन रकम प्रभावित हुन सक्ने तथा सिपाहीकै गाँस काटेर सहयोग जुटाउनुपर्ने अवस्था छ।

एसपी दर्शन गिरीको भूमिका शंकास्पद

स्रोतका अनुसार विवादित सशस्त्र प्रहरी उपरीक्षक (एसपी) दर्शन गिरी देउसीभैलोको नाममा रकम उठाउन सक्रिय छन। संघकी सभापति जैशीलाई देउसी–भैलोका नाममा रकम संकलनका लागि गिरी र एसएसपी दीपक थापाकी श्रीमतीले प्रेरित गरेको स्रोतको दाबी छ।

संगठनको आडमा अकुत सम्पत्ति आर्जन गरेको र बिभिन्न भ्रष्टाचार तथा आर्थिक अपचलनमा मुछिएर विभागिय कारवाही समेत भोगेका एसपी गिरी पछिल्लो समय आइजीपि पौडेलको सबैभन्दा विश्वासपात्र रहेको स्रोतको दाबी छ। विगतमा पुर्वप्रधानमन्त्री प्रचण्डको ज्वाईं हुँ भन्दै संगठन भित्र अस्वभाविक चलखेल गर्दै आएका गिरी पछिल्लो समय आइजीपि आफ्नो इशारामा चल्ने हवाला दिदै प्रहरी कर्मचारीको सरुवासमेत आफुले चाहे अनुसार हुने बताउने गरेका स्रोतको दाबी छ।

एसपी गिरीको कार्यशैली र सम्पत्तिको स्रोतबारे अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेपछि अख्तियारले छानबिन गरिरहेको छ। स्रोतका अनुसार अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुद्दा दायर गर्ने तयारी गरेको छ। अघिल्लो आइजीपि राजु अर्यालले सांगठनिक सुशासनमा कडा रुपमा प्रस्तुत हुँदै एसपी दर्शन गिरी जस्ता अधिकृतलाई बिभागिय कारबाही गरेका थिए। तर सुशासनको नारा दिएर बनेको बालेन नेतृत्वको सरकारले आइजीपिको फुली लगाईदिएका नारायणदत्त पौडेलनै आइजीपि बनेपछी दर्शन गिरी जस्ता विभागिय कारबाही भोगेका अधिकृतको हालिमुहाली चल्नुले सरकारको सुशासन केवल नारामा मात्र सिमित भएको आरोप लाग्न थालेको छ।

कोषाध्यक्ष हटाएर नयाँ नियुक्ति : संघको कार्यालयमै निजी कम्पनीको व्यापार

महिला संघकी तत्कालीन कोषाध्यक्ष रीना रञ्जिकारलाई साधारणसभा समेत नगरी करिब एक साताअघि पदबाट हटाइएको र उनको स्थानमा आर्थिक अपचलनमा आरोप लाग्दै आएका विवादित एसएसपी तेज पोखरेलकी श्रीमती लक्ष्मी श्रेष्ठ पोखरेललाई नियुक्त गरिएको स्रोतको दाबी छ। यस्तो पृष्ठभूमिमा संघको कोषाध्यक्षजस्तो आर्थिक जिम्मेवारीको पदमा नियुक्ति गर्दा अपनाइएको प्रक्रिया, निर्णयको वैधानिकता र आर्थिक नियन्त्रणको संरचना स्पष्ट छैन।

सशस्त्र प्रहरी परिवार महिला संघको आर्थिक गतिविधिसँग जोडिएको अर्को विषय कार्यालय भवनको भुइँतल्लामा सञ्चालन भइरहेको भनिएको ‘क्याप हाउस’ हो।

संघको कार्यालय परिसरमा क्याप हाउस सञ्चालन गरिएको र त्यसका लागि संघकी सहसचिव मीना थापाको नाममा निजी कम्पनी दर्ता गरिएको छ।

संघको विधानले व्यावसायिक कारोबार गर्न बन्देज गरेको अवस्थामा संघकै कार्यालय भवन र स्रोतसाधन प्रयोग गरी निजी कम्पनीमार्फत व्यापार सञ्चालन हुनु गम्भीर संस्थागत तथा आर्थिक अनियमितताको विषय हो।

civil hospital
Hams Hospitals
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
0
Would love your thoughts, please comment.x
()
x