इन्द्रावती तेस्रो जलविद्युत केन्द्र डेढ महिना पछि पुनःसञ्चालनमा आउने
वि.सं.२०७८ साउन १३ बुधवार
shares
मेलम्ची। असार १ को यांग्री खोलाको बाढीले क्षति पुर्याएको इन्द्रावती तेस्रो जलविद्युत केन्द्र निर्माणसँगै केहि समयमा पुनः सञ्चालनमा आउने भएको छ ।
बाढीले क्षति पुर्याएको ७.५ मेगावाटको उक्त जलविद्युत केन्द्र करिब डेढ महिना पछि सञ्चालनमा आउन लागेको हो । बाढीले बगाएको ४ ओटा टावर पुनःनिर्माण गरि विद्युत उत्पादन सुचारु गर्न लागिएको केन्द्रका निमित्त प्रमुख ईन्जिनियर बसन्तलाल कर्णले जानकारी दिए।
असार १ को उक्त बाढीले जलविद्युत केन्द्रको तिपेनीस्थित बाँधमा पनि क्षति पुर्याएको थियो । डेढ महिना उत्पादन बन्द हुँदा ३ करोड आम्दानी गुमेको र पुनःनिर्माण गर्दा १ करोड २० लाख खर्च भएको कर्णले बताए।
उहाँ भने आज बेलुकी अथवा भोली विहानसम्ममा विद्युत उत्पादन सुचारु हुनेछ । बाँध क्षेत्रमा बाढीले भत्काएको आधा संरचना खोलामा पानीको सतह बढी भएकाले अहिले पुनर्निर्माण गर्न नसकिएको केन्द्रले जनाएको छ । हिउँदमा गरिने पुनर्निर्माणका लागि थप ४ करोड रुपैयाँ खर्च हुने अनुमान गरिएको छ।
































