प्रोटोन ई.मास ७ ले जित्यो अन्तर्राष्ट्रिय सुरक्षा अवार्ड, एसेन एनक्याप २०२६ मा सम्मानित

203
shares
Nabil bank

काठमाडौं । मलेसियाली अटोमोबाइल ब्रान्ड प्रोटोनको विद्युतीय एसयूभी ई.मास ७ ले अन्तर्राष्ट्रियस्तरमा सुरक्षा विधातर्फ प्रतिष्ठित सम्मान प्राप्त गरेको छ। मलेसियामा नोभेम्बर १० मा आयोजित ‘एसेन एनक्याप ग्रान्ड प्रिक्स अवार्ड्स २०२६’ मा ई.मास ७ ले ‘सेफ्टी असिस्ट’ विधाअन्तर्गत अवार्ड जितेको हो।

यस उपलब्धिले प्रोटोनले विद्युतीय सवारीमा उन्नत चालक सहायता प्रविधि र सडक सुरक्षालाई दिएको प्राथमिकता उजागर गरेको कम्पनीले जनाएको छ।

ई.मास ७ मा विभिन्न सडक तथा ड्राइभिङ अवस्थालाई ध्यानमा राखेर विकास गरिएका सुरक्षा तथा चालक सहायता प्रणाली उपलब्ध छन्। यसको २०२६ मोडलमा थप सुविधाका रूपमा इभेसिभ म्यानुभर असिस्ट, फ्रन्ट क्रस ट्राफिक अलर्ट र प्रिमियम भेरियन्टमा एक्टिभ लेन चेन्ज असिस्ट समावेश गरिएको छ। यी प्रविधिले सम्भावित जोखिम पहिचान तथा सवारी सञ्चालनका क्रममा चालकलाई थप सहायता प्रदान गर्छन्।

अन्तर्राष्ट्रिय सुरक्षा सम्मानसँगै ई.मास ७ ले मलेसियाको विद्युतीय सवारी बजारमा पनि उल्लेखनीय बिक्री कायम गरेको छ।

सन् २०२६ को जनवरीदेखि अक्टोबरसम्म मलेसियामा यस मोडलका ५ हजार ५७९ युनिट बिक्री भएका छन्। अक्टोबर महिनामा मात्रै ६१६ युनिट बिक्री भएको कम्पनीको तथ्यांक छ।

सोही अवधिमा प्रोटोन ई.मासका सबै मोडल गरी कुल ३५ हजार ७३० युनिट बिक्री भएका छन्। यसले मलेसियामा प्रोटोनका विद्युतीय सवारीप्रति उपभोक्ताको आकर्षण बढ्दै गएको देखाउँछ।

नेपालमा प्रोटोन ई.मास ७ शंकर ग्रुपअन्तर्गतको जगदम्बा मोटर्समार्फत बिक्री हुँदै आएको छ। यो विद्युतीय एसयूभी प्राइम र प्रिमियम गरी दुई भेरियन्टमा उपलब्ध छ।

गाडीमा आधुनिक डिजाइन, स्मार्ट प्रविधि र दैनिक प्रयोगलाई सहज बनाउने विभिन्न सुविधा समावेश छन्। यसमा सामान व्यवस्थित राख्न ३३ वटा स्टोरेज कम्पार्टमेन्ट उपलब्ध छन्।

त्यस्तै, भेहिकल टु लोड (V2L) प्रविधिमार्फत गाडीको ब्याट्रीबाट बाह्य विद्युतीय उपकरण सञ्चालन गर्न सकिन्छ। यात्राका क्रममा विभिन्न विद्युतीय उपकरण प्रयोग गर्नुपर्ने अवस्थामा यो सुविधा उपयोगी हुने कम्पनीको भनाइ छ।

यसमा रहेको ७ एनएम इन्टेलिजेन्ट ककपिट चिपले भ्वाइस कन्ट्रोल तथा मनोरञ्जनसम्बन्धी सुविधालाई सहज र प्रभावकारी बनाउँछ।

प्रोटोन ई.मास ७ को प्राइम भेरियन्टको मूल्य ४९ लाख ९९ हजार रुपैयाँ निर्धारण गरिएको छ। यसमा ४९.५२ किलोवाट आवर क्षमताको ब्याट्री उपलब्ध छ, जसले डब्लूएलटीपी मापदण्डअनुसार एकपटक पूर्ण चार्ज गर्दा ३४५ किलोमिटरसम्म रेन्ज दिने कम्पनीले जनाएको छ।

त्यस्तै, प्रिमियम भेरियन्टको मूल्य ५९ लाख ९९ हजार रुपैयाँ रहेको छ। यसमा ६०.२२ किलोवाट आवर क्षमताको ब्याट्री रहेको छ, जसले पूर्ण चार्जमा ४१० किलोमिटरसम्म रेन्ज प्रदान गर्छ।

दुवै भेरियन्टमा डीसी फास्ट चार्जिङ सुविधा उपलब्ध छ। यस प्रविधिबाट करिब २० मिनेटमा ब्याट्रीको चार्ज ३० प्रतिशतबाट ८० प्रतिशतसम्म पुर्‍याउन सकिने कम्पनीको दाबी छ।

ई.मास ७ मा ११ किलोवाटसम्मको एसी चार्जिङ क्षमता र १०० किलोवाटसम्मको डीसी फास्ट चार्जिङ सपोर्ट उपलब्ध छ।

अन्तर्राष्ट्रिय सुरक्षा सम्मान, उन्नत चालक सहायता प्रणाली, आकर्षक रेन्ज र आधुनिक सुविधाका कारण ई.मास ७ ले नेपालको प्रतिस्पर्धात्मक विद्युतीय सवारी बजारमा आफ्नो उपस्थिति थप बलियो बनाउने अपेक्षा गरिएको छ।

civil hospital
Hams Hospitals
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
0
Would love your thoughts, please comment.x
()
x