पूर्व मुख्य सचिव एकनारायण अर्याल पक्राउ

232
shares
Nabil bank

काठमाडौं । नेपाल सरकारका पूर्वमुख्यसचिव एकनारायण अर्याल पक्राउ परेका छन् ।

 

मलेसिया जाने नेपाली श्रमिकमाथि बायामेट्रिक स्वास्थ्य परीक्षणका भएको ठगी तथा करिब एक अर्ब ६९ करोड रुपैयाँको गैरकानुनी कारोबार प्रकरणमा अनुसन्धानका क्रममा उनलाई सीआईबीले पक्राउ गरेको हो ।

 

यद्यपि, उनलाई कहाँबाट र कुन समयमा पक्राउ गरिएको हो भन्नेबारे प्रहरीले औपचारिक विवरण सार्वजनिक गरेको छैन ।

 

मलेसिया जाने श्रमिकबाट गैरकानुनी रूपमा रकम असुली गरी विदेश पठाउने निर्णय प्रक्रियामा संलग्न रहेको आरोपमा अर्यालविरुद्ध अदालतबाट पक्राउ पुर्जी जारी भएको थियो ।

 

उनीविरुद्ध पक्राउ पुर्जी जारी भएलगत्तै नेपालबाहिर गएको आशंका गरिएको थियो । भारतको कोलकातामा रहेका अर्याललाई भारतीय सुरक्षाकर्मीसँगको समन्वयमा नियन्त्रणमा लिइएको हो । उनलाई आजै नेपाल ल्याउने प्रक्रिया अघि बढाइएको स्रोत बताउँछ ।

 

यसअघि यही प्रकरणमा सीआईबीले दुई पूर्वश्रममन्त्रीसहित छ जनालाई पक्राउ गरिसकेको छ ।

 

पक्राउ पर्नेमा तत्कालीन श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शेरबहादुर कुँवर र रामेश्वर राय यादव, मन्त्रालयका तत्कालीन सचिव विनोद केसी, सहसचिवद्वय उमेश ढुंगाना र राजीव पोखरेल तथा तत्कालीन कानुन अधिकृत निर्मला गुरुङ छन ।

 

प्रहरीका अनुसार नेपाल र मलेसियाबीचको द्विपक्षीय समझदारीविपरीत श्रमिकबाट गैरकानुनी रूपमा संकलन गरिएको रकम विदेश पठाउने निर्णय प्रक्रियामा उनीहरूको संलग्नता रहेको आरोप छ ।

civil hospital
Hams Hospitals
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
0
Would love your thoughts, please comment.x
()
x