वैदेशिक रोजगार ठगीका फरार आरोपीको बैंक खाता रोक्का गरिने, मंसिर १४ गते राष्ट्र बैंकलाई पत्राचार

203
shares
Nabil bank

 

काठमाडौं । वैदेशिक रोजगार ठगीका मुद्दामा पक्राउ पुर्जी जारी हुँदासमेत फरार रहेका व्यक्तिहरूको बैंक खाता रोक्का गर्ने प्रक्रिया अघि बढाइने भएको छ। वैदेशिक रोजगार विभागले फरार आरोपीहरूलाई कानुनी दायरामा ल्याउन उनीहरूको बैंक खाता रोक्का गर्ने तयारी गरेको हो।

विभागले वैदेशिक रोजगार ठगीसम्बन्धी मुद्दामा संलग्न भई फरार रहेका व्यक्तिहरूलाई ३५ दिनभित्र विभाग वा नेपाल प्रहरीको सम्पर्कमा आउन भन्दै गत कात्तिक ९ गते सार्वजनिक सूचना जारी गरेको थियो। उक्त सूचनामा तोकिएको अवधिभित्र सम्पर्कमा नआए बैंक खाता रोक्का गर्ने चेतावनी दिइएको थियो। साथै, उनीहरूको यात्रा अनुमति सम्बन्धी प्रक्रिया समेत रोक्ने तयारी विभागले गरेको छ।

विभागका अनुसार सूचनाको म्यादभित्र उपस्थित नभएका फरार व्यक्तिहरूको विवरण संकलन गरी बैंक खाता रोक्का गर्न नेपाल राष्ट्र बैंकलाई पत्राचार गरिनेछ। यसका लागि आगामी मंसिर १४ गते राष्ट्र बैंकलाई औपचारिक पत्र पठाउने तयारी गरिएको छ।

विभागले सम्बन्धित शाखालाई फरार आरोपीहरूको नामावली तयार गरी नेपाल राष्ट्र बैंकमा पठाउने प्रक्रिया अघि बढाउन निर्देशनसमेत दिएको छ।

यस कदमबाट वैदेशिक रोजगारका नाममा सर्वसाधारणलाई ठगी गरी फरार हुनेहरूलाई आर्थिक तथा कानुनी दबाब सिर्जना हुने विभागको अपेक्षा छ।

civil hospital
Hams Hospitals
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
0
Would love your thoughts, please comment.x
()
x