जुवाखालमा मेयर सहित २४ जना पक्राउ, ९ लाख ६० हजार नगद बरामद

29
shares
Nabil bank

 

काठमाडौं । जनताको मतबाट निर्वाचित जनप्रतिनिधि नै जुवाखालमा भेटिएका छन्। तनहुँको भानु नगरपालिकाका मेयर आनन्दराज त्रिपाठीसहित २४ जना काठमाडौंको म्हैपीस्थित एक घरमा जुवा (कौडा) खेलिरहेको अवस्थामा पक्राउ परेका छन्।

जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार शुक्रबार म्हैपीस्थित एक घरमा जुवा खेलिरहेको अवस्थामा उनीहरूलाई ९ लाख ६० हजार ५०० रुपैयाँभन्दा बढी नगदसहित नियन्त्रणमा लिइएको हो।

जिल्ला प्रहरी परिसरका प्रवक्ता एसपी दानबहादुर थापाले जारी गरेको विज्ञप्तिअनुसार प्रहरी परिसर भद्रकालीबाट खटिएको टोलीले जुवाखालमा छापा मारेर मेयर त्रिपाठीसहित २४ जनालाई पक्राउ गरेको हो।

प्रहरीले घटनास्थलबाट नेपाली रुपैयाँ ९ लाख ६० हजार ५००, अमेरिकी डलर ४६०, भारतीय रुपैयाँ ५०० र कौडा १६ थान बरामद गरेको जनाएको छ।

नगरपालिकाको नेतृत्व गर्ने जिम्मेवारीमा रहेका मेयर नै जुवाखालबाट पक्राउ परेपछि उनको आचरण र सार्वजनिक जिम्मेवारीमाथि गम्भीर प्रश्न उठेको छ। जनप्रतिनिधिले सार्वजनिक जीवनमा देखाउनुपर्ने नैतिकता र जिम्मेवारीमाथि समेत यस घटनाले प्रश्न खडा गरेको छ।

प्रहरीका अनुसार पक्राउ पर्नेमा भानु नगरपालिकाका मेयर आनन्दराज त्रिपाठीसहित निरज निरौला, बसन्त अधिकारी, जयराम पाण्डे, शिव भट्ट, सुजन श्रेष्ठ, नारायण श्रेष्ठ, राजेश केसी, विनोद घिमिरे, रामकृष्ण कार्की, जलेश पाण्डे, दिनेश भट्टराई, प्रदीप कडेल, माधव बिष्ट, सन्दिप पौडेल, सुनिल श्रेष्ठ, प्रेम श्रेष्ठ, महेश दाहाल, श्याम शर्मा, अरुण बस्नेत, सुमन रिजाल, प्रदीप गौतम र शालिग्राम वाग्ले रहेका छन्।

पक्राउ परेका सबैमाथि जुवा सम्बन्धी कसुरमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी परिसरले जनाएको छ।

civil hospital
Hams Hospitals
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
0
Would love your thoughts, please comment.x
()
x