निफ्राले तत्कालै नभएर दीर्घकालमा राम्रो प्रतिफल दिने

22.9K
shares
Nabil bank

काठमाडौं । नेपाल इन्नफ्रास्ट्रचर बैंक (निफ्रा) का प्रमुख कार्यकारी अधिकृत रामकृष्ण खतिवडाले बैंकले तत्कालै नभएर दीर्घकालमा राम्रो प्रतिफल दिने बताएका छन् ।

नेपाल आर्थिक पत्रकार संघ (नाफिज) सँगको अन्तक्रियामा बैंकले तत्कालै प्रतिफल दिन नसक्ने बताएका हुन् । “निफ्राले तक्कालै प्रतिफल दिन सक्ने अवस्था छैन । तत्काल प्रतिफल दिनको लागि हामीसँग रिजर्भ पर्याप्त हुनुपर्यो जुन हामीसँग छैन,” उनले भने, “बैंकसँग जम्मा दुई अर्बको रिजर्भ छ, अहिले नगद दिने भन्दा त्यसलाई पुँजीकरण गर्ने बाटोमा जानु राम्रो हुन्छ ।” दीर्घकालिन प्रतिफलको लागि बैकमा लगानी गर्नु राम्रो हुने उनले बताए ।

अन्तर्राष्ट्रिय अभ्यास पनि पुर्वाधार बैंकलाई दीर्घकालिन प्रतिफलका लागि लगानी गर्ने संस्था रुपमा लिइने उनको दाबी छ ।

बैंकहरुमा सुरवाती समयमा आपुर्ति कम हुँदा मूल्य बढेको तर मूल्य बढ्दै जाँदा सप्लाई पनि बढेको साथै अहिले बजार पनि घट्दो क्रममा रहेकोले मूल्य घटेको उनले बताए । “निफ्रा सबैभन्दा धेरै सेयर सहित बजारमा आयो ।

आईपीओ बाँडफाड हुँदा धेरैजसो सेयर होल्ड गर्ने लगानीकर्तामा पुग्यो,” उनले भने, “तर आइपीओ भर्ने १०–१२ लाख लगानीकर्तासँग ब्रोकर खाता नै थिएन। त्यसले गर्दा सेयर छरिएर बजारमा गयो ।” ब्रोकर खाता भएकासँग सिमिति संख्यामा सेयर भएकाले सुरुका दिनमा कम्पनीको मूल्य बढेर गएको दाबी उनको छ।

civil hospital
Hams Hospitals
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
0
Would love your thoughts, please comment.x
()
x