मध्य भोटेकोशी जलविद्युत् कम्पनी लिमिटेडकाे आईपीओ भर्ने समयमा अवधि थप

14.8K
shares
Nabil bank

मध्य भोटेकोशी जलविद्युत् कम्पनी लिमिटेडले आयोजना प्रभावित क्षेत्रका बासिन्दाको लागि आईपीओ भर्ने समय थप गरेको छ।

भोटेकोशी गाउँपालिकाको आग्रहमा सिन्धुपाल्चोक जिल्लाका आयोजना प्रभावित क्षेत्रका बासिन्दाका लागि शेयर निष्कासन तथा बिक्री खुला अवधिको म्याद थप गरिएको गाउँपालिकाले जनाएको छ।

अब सिन्धुपाल्चोकबासीले साउन मसान्तसम्म भोटेकोशीको आईपीओ भर्न पाउने भएका छन्। मध्य भोटेकोशीको आईपीओ बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटलले शेयर निष्कासन तथा बिक्री खुला अवधि साउन ३२ गतेसम्म कायम भएको जनाएको छ।

तोकिएको समयावधिभित्र माग भए बमोजिमको शेयर बिक्री हुने सम्भावना कम देखिएकाले १५ दिन समावधि थप गर्ने भोटेकोशी जलविद्युत कम्पनीको सञ्चालक समितिको साउन १४ गतेको बैठकले निर्णय गरेको क्यापिटलले जनाएको छ।

यसअघि निषेधाज्ञाका कारण गत वैशाख १४ गते विक्री बन्द गरिएकोमा पुनः विक्री खुला गरिएको थियो। कम्पनीले गत वैशाख ५ गते नेपाल धितोपत्र बोर्डबाट कुल १ करोड ५० लाख कित्ता आईपीओ निष्कासनको अनुमति पाएको थियो। सोहीअनुसार पहिलो चरणमा कम्पनीले प्रतिशेयर १ सय रुपैयाँ अंकित दरको कुल ६० लाख कित्ता साधारण सेयर निष्कासन गरेको थियो।

मध्य भोटेकोशी जलविद्युत् कम्पनीले १०२ मेगावाट क्षमताको आयोजना बनाइरहेको छ।

civil hospital
Hams Hospitals
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
0
Would love your thoughts, please comment.x
()
x