२०२२ सम्म ‘टप टु’मा रियलमीको लक्ष्य

1.5K
shares

काठमाडौं । प्रविधि जगतमा तीव्र रुपमा बजार विस्तार गर्दै गएको रियलमीले नेपालमा आफ्नो बजारीकरण अझ सशक्त पार्दै नेपाली उपभोक्ता माझ उत्कृष्ट श्रेणीका उत्पादनहरु प्रस्तुत गर्ने घोषणा गरेको छ । स्थानीयकरण र नवीनता मुल मन्त्रका साथ रियलमीले नेपाललाई महत्वपूर्ण बजारको रुपमा लिएको बताएकाे हाे ।

नेपाली बजारको लागि रियलमीले शंकर ग्रुपका साथ सहकार्य गरेर नेपाली बजारमा आफ्नाे बजार बढाउने रणनीति रियलमीले लिएकाे छ । शंकर ग्रुपका साथ रियलमीले नेपाली बजारमा आफ्नो विभिन्न उत्पादनहरुको पहुँच र बलियाे बनाउने र अरुसँग पनि सहकार्य गर्ने बताएकाे हाे ।

 

रियलमीका उपाध्यक्ष तथा रियलमी भारत र युरोपियन बजारका सीईओ माधव शेठले नेपाली बजारको लागि पनि नेतृत्वदायी भुमिका निर्वाह गर्ने भएका छन् । शेठकै कुशल नेतृत्वका कारण रियलमी व्राण्ड भारतका साथै चेक रिपब्लिक र ग्रीसमा उत्कृष्ट चारमा पर्न सफल भएको कम्पनीकाे विश्वास छ । भारतमा फाइभजी स्मार्टफोनमध्ये २०२१ को दोस्रो त्रैमासिकमा रियलमीको हिस्सा २३ प्रतिशत रहेकाे बताइएकाे छ ।

काउन्टर प्वाइन्टका अनुसार भारतमामात्र ५ करोड भन्दा बढी उपभोक्ताका साथ तीव्र गतिमा यसको माग भएको बताएको छ । शेठले नेपाली बजारमा पनि नविनतम प्रविधिका उत्पादनहरु उत्कृष्ट मुल्यमा नेपाली उपभोक्ताहरु माझ प्रस्तुत गरी उल्लेखनीय सफलता हासिल गर्ने बताएका छन् ।

‘हामीले सन् २०२२ सम्ममा रियलमीलाई नेपाली स्मार्टफोन बजारमा उत्कृष्ट २ मा पु¥याउने लक्ष्यलिएको छौँ, नेपालीबजार व्यवस्थापन तथा बजारीकरणको नेतृत्वगर्ने नयाँ भुमिकामा बाँधिनपाउँदा म अत्यन्तै हर्षोल्लासित छु र नेपालमा रियलमीको उपस्थितिलाई शानदार बनाउँदै उपभोक्तामाझ रियलमीका उत्कृष्ट उत्पादनहरु प्रस्तुत गर्दै शीर्ष स्थानमा ल्याउन प्रयत्नरत रहने छु,’ उनले भने ।

यस्तै, शंकर ग्रुपका प्रवन्ध निर्देशक साहिल अग्रवालले रियलमीले नविनतम प्रविधि सबैको पहुँचमा पु¥याउने लक्ष्यका साथ मध्यमदेखि प्रिमियम मुल्य श्रेणीमा नेपालमा आफ्ना उत्पादनहरु प्रस्तुत गर्ने बताए ।

यस सहकार्यले विश्वको बढ्दो स्मार्टफोन बजारमा अत्याधुनिक प्रविधि, नविनतम उत्पादन , उपभोक्ता सेवा र असाधारण बजार विस्तारको महत्वकांक्षालाई विकास गर्न मद्दत पुग्ने विश्वास कम्पनीकाे छ ।

काउन्टर पोइन्टको अध्ययन अनुसार स्मार्टफोनको विश्वबजारमा, यस वर्ष रियलमीको विक्री १३५ प्रतिशतले बढेको र पहिलो वर्षका दोस्रो त्रैमासिक रिपोर्ट अनुसार यस वर्ष यसको विक्री १७ प्रतिशतले बढको छ । जस अनुसार कुल १० करोडभन्दा बढी बिक्री भएको छ ।

के हो रियलमी ?

रियलमी अत्याधुनिक प्रविधि क्षेत्रमा नयाँ ट्रेण्डको रुपमा उदाएको ब्राण्ड हो जसले उच्च गुणस्तरका मोबाईल फोनहरुको उत्पादन गरिरहेकाे छ । यो रियलमी ब्राण्ड विधिवत रुपमा सन् २०१८ को मे ४ तारिखमा यसका संस्थापकद्धय स्काई लि र माधव शेठले भारतमा स्थापना गरेका थिए । यसका टोलीमा स्मार्ट फोन उद्योगमा व्यापक अनुभव रहेका युवा जनशक्ति समूह छन् ।

रियलमीले आफ्ना नयाँ पछिल्ला उत्पादनहरुलाई अत्याधुनिक ट्रेण्ड सेटिङ्ग डिजाइन तथा आर्टिफिसियल ईन्टरनेटमा थपफिचरहरु प्रदान गरी स्मार्ट प्रयोगकर्तासम्म पु¥याउने बताएको छ ।

रियलमीले साधारण, मध्यम र विशिष्ट फ्ल्यागसिप वर्गमाआफ्ना मोबाइलहरु उत्पादन गरिरहेकाे बताएकाे छ । । यसमा भारतको पहिलो ५ जी स्मार्ट फोन रियलमी एक्स ५० प्रो ५ जी समेत रहेका छन् । रियलमीले हालसालै भारतमा पहिलो मिडियाटेक डाईमेन्सिटी ८०० यू सहित रियलमी ८ सिरिज, रियलमी ८ प्रो बजारमा ल्याएको छ ।

यसमा १०८ एमपी इन्फिनिटी क्वाड क्यामेराले सुसज्जीत छन् । रियलमी ८ मा सुपर अल्मोइड डिस्प्ले तथा रियलमी ८ जी मिडियाटेक डाईमेन्सिटी ७०० ५जी प्रोसेसर सहितभारतको पहिलो स्मार्ट फोन बनेको छ । रियलमी एक्स ७ म्याक्स् ५जी डाइमेन्सिटी १२०० ५ जीका साथ भारतको पहिलो स्मार्ट फोन हो । रियलमी एक्स ७प्रो ५जी, रियलमी एक्स ७ ५जी, नार्जो ३० सिरीज रियलमी नार्जो ३० ५जीका साथ रियलमीनार्जो ३० ४जी ; नार्जो ३० प्रो ५ जी सबैभन्दा शक्तिशाली ५जी गेमिङ्ग मिडरेन्जर तथा रियलमीनार्जो ३० ए, पावरफूल बजेट गेमिङ्ग रहेका छन् ।

रियलमीको उत्पादन श्रेणीमा उत्कृष्ट ४ जी फ्ल्यागसिपहरु रियलमी एक्स ३ र एक्स ३ सुपरजुम, इन्ट्री लेभल भ्यालु किङ्ग रियलमी सी ११, रियलमी सी १२ तथा रियलमी सी १५ रहेका छन् । यसका ६४ एमपी क्वाड क्यामेरा फोन – रियलमी ७ आई रियलमी ७ विश्वको पहिलो हेलियो जी ९५ प्रोसेसर तथा ६४एमपी क्वाड क्यामेरा भएको सबैभन्दा छिटो चार्ज हुने ६४ एमपीफल्यागसिप रियलमी ७प्रो टेक्नोलोजीमा चासो राख्ने युवाहरुलाई लक्षित गरी उत्पादन गरेका छन् । यसै रणनिति अन्तर्गत रियलमीले सन् २०२० मायुवाहरुलाई लक्षित गरी UNI Smart AIoT रणनिती लिएको छ ।

पछिल्लो पटक रियलमीवाच एस सिरिज, रियलमी स्मार्ट टिभी, रियलमीब्याण्ड, रियलमी बड्स वायरलेस २, रियलमी बड्स वायरलेस नियो, रियलमीवाच २ , रियलमीवाच २प्रो, रियलमी बड्स एअर नियो, रियलमी बड्स क्यू, रियलमी बड्स एअर प्रो, रियलमी बड्स एअर २ सबैभन्दा किफायतीएएनसीका साथ रियलमी एड्भान्चर व्याकप्याक, रियलमी ३० डब्लुडाई चार्ज पावर ब्याङ्क, रियलमीएम १सोनिक इलेक्ट्रिक टुथब्रस, रियलमी एड्भान्चर लगेज, रियलमीटोट ब्याग २.०, रियलमीमोशन एक्टिभेटेड नाइट लाइट, रियलमी गेमिङ एसेसोरिज किट, रियलमी दारी ट्रिमर सिरिज रियलमी हेएर ड्राएर तथा रियलमीयूआई २.० रहेकाे कम्पनीकाे भनाई छ ।

सन् २०२१ को दोस्रो त्रैमासिक विवरणमा रियलमी भारतको टप ५जी स्मार्टफोन रहेको छ । साथै यो ब्राण्ड भारतमा ५ करोड उपभोक्ता समक्ष द्रुतगतिमा पुगेको पहिलो ब्राण्ड बनेको छ । काउन्टर पोइन्टकारिलायवल रिपोर्ट २ रिसर्चकाअनुसार रियलमी टी डब्लु एस मार्केटमा पहिलो ब्राण्डको रुपमा रहेको छ । यसमा बड्स एअर नियो तथा बड्स क्यू रहेको छ । टेक आर्क द्धारा रियलमीलाई सबैभन्दाकममर्मत खर्च भएको तथा ग्राहकहरुले सबै भन्दा बढी रुचाइएको नम्बर १ ब्राण्ड घोषित गरेको छ ।

नेपाली डिस्ट्रिब्युटर शंकर ग्रुप

रियलमीकाे नेपाली बिक्रेता शंकर ग्रुप हुने बताइएकाे छ । शंकर ग्रुप नेपाली बजारमा परिचित व्यवसायिक घराना हाे । शंकर लालअग्रवालले सन् १९७९ माआफ्नो विभिन्न व्यापार लाई एककृत गरी शंकर ग्रुपको स्थापना गरेको हो । सुरुकादिन देखिनै उच्चगतिले सफलताप्राप्त यस समूह आज नेपाल तथा विश्वबजारमा एक परिचित व्यवसायिक घरानाको रुपमा स्थापित भइसकेको छ ।

शंकर ग्रुप श्विकबहुमुखी विविध वस्तुहरुको व्यवसायगर्ने समूहको रुपमा परिचित छ । शंकर ग्रुपअन्तर्गत ३० भन्दा बढी कम्पनीले १४ विशेष क्षेत्रमा जस्तै स्टील, सिमेन्ट, कपडा, खनिजउत्खनन्, दैनिकउपभोग्य वस्तु, अटोमोबाइल, सेवा, रियल स्टेट, ट्रेडिङ्ग, लगानीआदी क्षेत्रमाक्रियाशील छन् । यस ग्रुप नेपाल र भारतमाआफ्नो व्यवसायका साथआफ्नाउत्पादनहरु दक्षिणएसियाकाअन्य देशमानिर्यात गर्दछन् ।

८० वर्षभन्दालामो समयदेखि शंकर ग्रुपले साझेदारको माध्यमबाट गुणस्तरीय उत्पादनहरु तथा सेवाप्रदानगरिरहेको छन् । यसका बहुराष्ट्रिय छाता समूहअन्र्तगत टीभीएस, प्रोटोन, केश हेभी ईक्वीप्मेन्ट, एडीएनओसी, रिइन्सोरेन्स, लुब्रिकेन्ट्स लगायत सँग जोडिएकोमाआगामीदिनमा हिल्टन हस्पिटालिटी सगँ आवद्ध हुँदै छ ।

civil hospital
Hams Hospitals