भ्रामक समाचार प्रकाशित नगर्न सेन्चुरी कमर्सियल बैककाे आग्रह

14.4K
shares
Nabil bank

यस सेञ्चुरी कमर्सियल बैंक र बैंकका अध्यक्ष श्री राजेशकुमार श्रेष्ठज्यू, संचालक तथा सम्बन्धित व्यक्तिको विरुद्ध भ्रामक र कपोकल्पित समाचार केही अनलाइन सञ्चारमाध्यममा समाचार प्रेषित भएको प्रति बैंकको गम्भिर ध्यानाकर्षण भएको छ ।

यस्ता कपोकल्पित भ्रमपूर्ण समाचारप्रति बैंक खेद व्यक्त गर्न चाहान्छ।

बैंकको बारेमा समाचार सम्पेषण गर्दा आवश्यक जानकारी लिई तथ्य सत्यको आधारमा प्रकाशित गर्नु हुन समेत सम्पूर्ण सञ्चारमाध्यमहरुलाई हार्दिक अनुरोध गर्न चाहन्छौं ।

यस बैंकले विप्रेषण कारोबार गर्न मौरिससमा दर्ता भएको एम एण्ड रेमिटसँग विप्रेषण कारोबार गरेको र उक्त कम्पनीबाट असुली गर्नु पर्ने रकमका सम्बन्धमा बैंक र रेमिट कम्पनीबीचको सम्झौतामा विवादित विषय मध्यस्तरकर्तासँगको पलहमा समाधान गरिने व्यवस्था बमोजिम उक्त असुलीको विषय हाल मध्यस्तकर्ता (Arbitration Tribunal) सँग समन्वयमा आवश्यक काम कारबाही अघि बढिरहेको र छिट्टै यस मुद्धाको फैसला आउनेमा बैंक विश्वस्त समेत रहेको जानकारी गराउन चाहन्छौं ।

तसर्थ अदालती प्रक्रियामा रहेको र सुनुवाई हुँदै गरेको मुद्धामा अनावश्यक, कपोकल्पित र भ्रामक समाचार प्रेषित गर्नु निन्दनिय र कानून संगत नहुने व्यहोरासमेत सर्म्पूण सरोकारवाला सबैमा जानकारी गराउन चाहन्छौं ।

 

civil hospital
Hams Hospitals
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
0
Would love your thoughts, please comment.x
()
x