टोकियो ओलम्पिक फुटबलमा ब्राजिललाई स्वर्ण पदक
वि.सं.२०७८ साउन २४ आइतवार
11.9K
shares
shares
एजेन्सी । टोकियो ओलम्पिक फुटबलमा ब्राजिलले स्वर्ण पदक जितेको छ । जापानमा भएकाे खेलमा स्पेनलाई २–१ गोलले हराउँदै ब्राजिलले स्वर्ण पदक जितेको हो ।

ब्राजिलको जितमा माथुएस कुन्हा र माल्कोमले एक एक गोल गर्दा स्पेनका लागि भने मिकेल ओयार्जाबलले एक गोल फर्काए ।
खेलको ३८ औं मिनेटमा पाएको पेनाल्टी ब्राजिलले सदुपयोग गर्न सकेको थिएन । तर पहिलो हाफको इन्जुरी समयमा ब्राजिलले अग्रता लिन सफल भयो । खेलको ६१ औं मिनेटमा स्पेनले गोल गरेपछि निर्धारित ९० मिनेटको खेल १-१ को बराबरीमा राेकियाे।

अतिरिक्त समयको १०८ औं मिनेटमा माल्कोमकाे गोलबाट अग्रता जमाएकाे ब्राजिलले स्वर्ण पदक जित्न सफल भयाे।

Subscribe
0 Comments
Oldest
































