विश्व फुटबलका सुपरस्टार लियोनल मेस्सी रुँदै बार्सिलोनाबाट बिदा भए

10.7K
shares
Nabil bank

एजेन्सी । विश्व फुटबलका सुपरस्टार लियोनल मेस्सी रुँदै बार्सिलोनाबाट बिदा भएका छन्।

क्लब छाड्नुअघि क्याम्प नाउमा आयोजना गरिएको प्रेस मिटमा गहभरी आँसु लिएर ड्यासमा उपस्थित मेस्सी आफ्नो भनाई राखेपछि अन्तिममा भक्कानिएर रोएका छन्।

हलमा उपस्थित सबैले गड्गडाहट तालीबाट सम्मान पाएका उनले आफ्नाे आँखाबाट आशु राेक्न सकेन्न। प्रेस मिटमा उनका सन्तान पनि उपस्थित थिए ।

निरन्तर २१ वर्ष बार्सिलोनामा बिताएका मेस्सीले आफूले क्लब छाड्ने कहिल्यै कल्पना नगरेको बताए । जहाँबाट मेस्सीले फुटबल यात्रा अघि बढाए, अहिले सोहि क्लब छाड्नुपर्दा मेस्सी अत्यन्त दुःखित बने । ‘म र मेरो परिवार यही बस्न तयार भएका थियौं उनले भनेका छन् ।

सन् २००४ देखि क्याम्प नाउ बाट फुटबल खेल्दै आएका मेस्सी सन् २०२६ सम्म ‘क्याम नाउ’मै बस्ने तयारीमा देखिएका थिए । कोपा अमेरिका उपाधि जितेर अर्जेन्टिनाबाट बार्सिलोना फर्केका मेस्सीसँग सम्झौता नवीकरण गर्ने पक्षमा बार्सिलोना पनि थियो ।

यससँगै आधुनिक फुटबलका एक महान खेलाडीको क्याट्लान क्लब बसाई औपचारिक रुपमै टुंगिएको छ । मेस्सी बार्सिलोनामा २१ वर्ष रहँदा उनले सिनियर टीममा १७ वर्ष बिताए ।

civil hospital
Hams Hospitals
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
0
Would love your thoughts, please comment.x
()
x