पारससँगै जर्सी नम्बर ७७ पनि ‘रिटायर्ड’

21K
shares
Nabil bank

काठमाडौँ। नेपाली क्रिकेटका सफल पूर्व कप्तान पारस खड्काले प्रयोग गर्ने जर्सी नम्बर ७७ लाई पनि रिटायर्ड दिइने भएकाे छ।

नेपाली क्रिकेटमा खड्काले पुर्याएको योगदानको कदर गर्दै उनले  लगाउने ७७ नम्वरको जर्सीलाई रिटायर्ड दिने निर्णय नेपाल क्रिकेट संघले गरेकाे हाे। अब उनले लगाउने ७७ नम्बर कसैलाई पनि प्रयोगका लागि दिइने छैन्।

त्यस्तै केहिदिन अघि मात्र खड्काले नेपाली क्रिकेटबाट सन्यासकाे घाेषणा गरेका थिए।

सन् २००२ मा उमेर समुहबाट क्रिकेट करियर सुरु गरेका पारसले सन् २००४ मा सिनियर टिममा अन्तरमहादेशिय क्रिकेट प्रतियोगितामा मलेसियाविरुद्धको खेलमा डेब्यु गरेका थिए ।

सन् २००९ मा विनोद दासको स्थानमा पारसले नेपाली टिमको कप्तानी सम्हालेका थिए । त्यसपछि १० बर्ष नेपाली टिमको कप्तानी गरेका पारसले दुई बर्ष अगाडी कप्तानी पद छोडेका थिए ।

civil hospital
Hams Hospitals
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
0
Would love your thoughts, please comment.x
()
x