जसपा एकीकरण बदरको मागमा अन्तरिम आदेश दिन अस्वीकार
वि.सं.२०७८ साउन २६ मंगलवार
shares
काठमाडौं । सर्वोच्च अदालतले जनता समाजवादी पार्टी (जसपा) एकीकरण बदर गर्न माग गर्दै दायर रिटमा अन्तरिम आदेश दिन अस्वीकार गरेको छ । न्यायाधीश आनन्दमोहन भट्टराई र सुष्मालता माथेमाको इजलासले एकता भई आधिकारिकतासम्मको विवाद किनारा लागेको भन्दै अन्तरिम आदेश जारी गर्न अस्वीकार गरेको हो।
राष्ट्रिय जनता पार्टीको उपाध्यक्ष दाबी गर्दै राजकुमार थापाले एकीकरण बदरको रिट २७ असारमा दायर गरेका थिए । १० वैशाख २०७७ मा राष्ट्रिय जनता पार्टी (राजपा) र समाजवादी पार्टी एकीकरण भएर जसपा बन्दा संविधान र अन्य प्रचलित कानुनी प्रावधान पूरा नगरेको भन्दै रिट दायर गरेको थियो ।
जसपा औपचारिक रूपमा विभाजन हुन बाँकी रहेका बेला रिट दायर भएको थियो । जसपा विवादमा निर्वाचन आयोगले उपेन्द्र यादव पक्षलाई आधिकारिकता दिएको थियो । सोमबार मात्रै आयोगले यादवका ३५ कार्यकारिणी सदस्यको अभिलेख राख्ने निर्णय गरेको छ ।
राजधानी दैनिकमा समाचार छ।
































