सानिमा लाइफ इन्स्योरेन्सको आइपीओ बाँडफाँड (यसरी हेर्नुहोस्)
वि.सं.२०७८ साउन ३० शनिवार
shares
सानिमा लाइफ इन्स्योरेन्सको आइपीओ बाँडफाँड सम्पन्न भएको छ।आईपीओ बाँडफाँड कार्यक्रम आज शनिबार बिहान ११ बजे काठमाण्डौको दरबारमार्गस्थित सानिमा लाइफ इन्स्योरेन्सको कार्यालयमा सम्पन्न भएको हो ।
यस आइपीओमा २४,१९,१२७ आवेदकबाट ३,६९,४३,४४० कित्ता सेयर खरिद आवेदन परेको थियो । जसमध्ये रितपूर्वक आएको २३,०८,१२२ आवेदन मध्येबाट गोलाप्रथा मार्फत ५ लाख ४० हजार आवेदकले १० कित्ताका दरले सेयर पाउने छ । केहि समय पछी नतिजा निम्न साइटबाट हेर्न सकिने छ ।
https://results.prabhucapital.com/
https://iporesult.cdsc.com.np/
कम्पनीले २०७८ साउन २० गतेदेखि साउन २४ गते सम्म प्रतिकित्ता १०० रुपैयाँको दरले ६० लाख कित्ता साधारण सेयर प्रति कित्ता रु १०० रुपैयाँको दरले निष्काशन गरेको थियो । जसमध्ये ५ प्रतिशत अर्थात् ३००,००० कित्ता कर्मचारीलाई, ५ प्रतिशत अर्थात् ३००,००० कित्ता सामुहिक लगानीकोषलाई सुरक्षित राखि बाँकी रहेको ५४,००,००० कित्ता सेयर सर्वसाधारणलाई निष्काशन गरिएको थियो।
निष्काशन तथा बिक्री प्रबन्धकमा प्रभु क्यापिटल लिमिटेड रहेको छ।आइपीओ निष्काशन पछि चुक्तापुँजी २ अर्ब पुग्नेछ ।































