गण्डकीमा एमालेको छाया सरकार, छायाँ मुख्यमन्त्र मोहन रेग्मी
वि.सं.२०७८ साउन ३१ आइतवार
shares
पोखरा । गण्डकी प्रदेशमा साढे ३ वर्षसम्म सत्ताको नेतृत्वसँगै २ महिनाअघि सत्ता सुम्पिएको नेकपा एमालेले सरकारको कामकारबाहीको निगरानी गर्ने भएको छ । संसदमा सबैभन्दा ठूलो दल एमाले अहिले कांग्रेस नेतृत्वको सरकारको प्रमुख प्रतिपक्षी दल हो । उसले प्रदेशमा छाया सरकार गठन गरेको छ ।
संसदीय दलअन्तर्गतको संसदीय बोर्डको बैठकले प्रदेशका ११ मन्त्रालय हेर्ने गरी ९ संसदीय समूह बनाएको प्रमुख सचेतक मायानाथ अधिकारीले जानकारी दिए । उनका अनुसार गठित समितिले मन्त्रालयका बजेट, योजना, कार्यान्वयनका पक्ष हेर्ने छन् । छाया सरकार मुख्यमन्न्त्रीमा मोहन रेग्मी छन् ।
साथै पूर्व मन्त्री रामशरण बस्नेतले भौतिक पूर्वाधार, विकास तथा यातायात समूहको संयोजक जिम्मा पाएका छन् । सदस्यमा रोशन गाहामगर र प्रभा कोइराला छन् । कानुन, सूचना सञ्चार, प्रदेश मामिला समूह संयोजकमा चन्द्रमोहन गौचन चयन भएका छन् । सदस्यमा पुष्पा केसी भण्डारी छन् । मुख्यमन्त्री तथा मन्त्रिपरिषद् समूहको संयोजकमा मोहनप्रसाद रेग्मी छन् । सदस्यमा मायानाथ अधिकारी र मीना गुरुङ छन् । इन्द्रलाल सापकोटाको नेतृत्वमा कृष्णबहादुर थापा सदस्य रहने गरी अर्थ समूह गठन गरिएको छ ।
सामाजिक विकास समूहमा नरदेवी पुनमगरको संयोजकत्वमा जनकलाल श्रेष्ठ र इन्द्रधारा विष्ट सदस्य चुनिए । उद्योग, पर्यटन, वन तथा वातावरण समूह संयोजकमा पूर्व मन्त्री विकास लम्साल चयन भए । सदस्यमा रामबहादुर गुरुङ र लक्ष्मी सुनार छन् ।
राजधानी दैनिकमा समाचार छ।
































