शिवम् सिमेन्टको नाफा १.३९ अर्ब

10.9K
shares
Nabil bank

शिवम् सिमेन्ट्स लिमिटेडले गत आर्थिक वर्ष ०७७/७८ को चौथो त्रैमासको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ । उक्त विवरण अनुसार कम्पनीको खुद मुनाफा बृद्धि भएको छ ।

गत आर्थिक वर्षको चौथो त्रैमाससम्म आइपुग्दा कम्पनीले १ अर्ब ३९ करोड ३७ लाख रुपैयाँ खुद नाफा आर्जन गर्न सफल भएको छ । उक्त नाफा रकम गत वर्षको सोही अवधिको तुलनामा १८.४१ प्रतिशतले धेरै हो । गत आर्थिक वर्षको यसै अवधिमा कम्पनीले १ अर्ब १७ करोड ७० लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।

समिक्षा अवधिमा कम्पनीको बिक्री आम्दानी ६.७३ प्रतिशतले बढेर ९ अर्ब ६१ करोड ५४ लाख रुपैयाँ पुगेको छ । गतबर्ष कम्पनीको यो आम्दानी ९ अर्ब ९० लाख रुपैयामा सिमित थियो ।

कम्पनीको चुक्ता पुँजी ४ अर्ब ४० करोड रुपैयाँ रहेको छ भने कम्पनीको जगेडा कोषमा ५ अर्ब ३८ करोड ५९ लाख रुपैया सञ्चित छ । कम्पनीको जगेडाकोषको आकार अघिल्लो आर्थिक बर्षको तुलनामा समिक्षा अवधिमा ६.८० प्रतिशतले बृद्धि भएको हो ।

कम्पनीको वार्षिकीकृत प्रतिसेयर आम्दानी (ईपीएस) ३१ रुपैयाँ ६८ पैसा पुगेको छ। गत वर्ष यही अवधिमा कम्पनीको ईपीएस २६ रुपैयाँ ७५ पैसामा सिमित थियो । कम्पनीको प्रतिसेयर नेटवर्थ २२२ रुपैयाँ ४१ पैसा रहेको छ भने मूल्य आम्दानी अनूपात ४०.०२ गुणा रहेको छ ।

civil hospital
Hams Hospitals
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
0
Would love your thoughts, please comment.x
()
x