आज नेप्से ५.७२ अंकले बढ्यो
वि.सं.२०७८ साउन ३२ सोमवार
13.5K
shares
shares
काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) आज सोमबार सामान्य अंकले बढेको छ । आज नेप्से ५.७२ अंकले बढेर तीन हजार एक सय ६० दशमलब ५ विन्दुमा पुगेको हो ।
त्यस्तै, आज १५ अर्ब ९३ करोड ८ लाखको कारोबार भएको छ भने आज कारोबार भएका सात समूह बढेका छन् भने अन्य सबै समूह घटेका छन् ।
शेयरमूल्यमा उच्च बृद्धि हुने कम्पनीहरुमा नेशनल हाइड्रोपावर कम्पनी, कर्पोरेट डेभलपमेन्ट बैंक, रिडी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी, खानीखोला हाइड्रोपावर कम्पनी, जीवन विकास लघुवित्त वित्तिय संस्था, रु रु जलविद्युत परियोजना र हिमालय उर्जा विकास कम्पनी रहेका छन् ।
त्यस्तै, आईसीएफसी फाइनान्स कम्पनीको शेयरमूल्यमा उच्च गिरावट आएको छ । कारोबारको आधारमा आज सबैभन्दा बढी नेशनल हाइड्रोपावर कम्पनीको भएको छ । यस कम्पनीको आज ७४ करोड भन्दा बढीको कारोबार भएको छ ।
Subscribe
0 Comments
Oldest































