मानुषी लघुवित्तकाे आईपीओ बाँडफाँडकाे मिति ताेकियाे
वि.सं.२०७८ भदौ ३ बिहीवार
12.3K
shares
shares
मानुषी लघुवित्त वित्तिय संस्था लिमिटेडले सर्वसाधारणका लागि निष्काशन गरेकाे साधारण सेयर आईपीओकाे प्री-अलाेटमेन्ट भदाै ३ गते बिहीबार सम्पन्न गरेकाे छ।
उक्त साधारण सेयर आईपीओकाे बाँडफाँड भदाै ७ गते साेमबार गर्न लागिएकाे कम्पनीकाे आईपीओकाे निष्काशन तथा बिक्री प्रबन्धक नेपाल एसबीआई मर्चेन्ट बैंकिङ्गले जानकारी दिएकाे हाे।
अन्तिम दिनसम्ममा २४ लाख ३ हजार ५५ जना आवेदकले ३ करोड ६ लाख ३२ हजार ४ सय ५० कित्ताको लागि आवेदन दिएका छन् । यो सर्वसाधारणका लागि माग गरिएकाे भन्दा ८३.१० गुणा धेरै हो ।
Subscribe
0 Comments
Oldest































