ओडेगार्ड इंग्लिस प्रिमियर लिग आर्सनलमा अनुबन्धित

15.7K
shares
Nabil bank

लन्डन । स्पेनिस क्लब रियल मड्रिड छोडेर नर्वेली मिडफिल्डर मार्टिन ओडेगार्ड इंग्लिस प्रिमियर लिगको आर्सनलमा अनुबन्धित भएका छन् ।

गत सिजन लोनमा आर्सनल आएका २२ वर्षीय मिडफिल्डरले प्रभावशाली प्रदर्शन गरेपछि लन्डन क्लबले उनलाई स्थायी रूपमा अनुबन्ध गरेको हो । आर्सनलले उनलाई खरिद गर्न ३० मिलियन पाउन्डको हाराहरीमा खर्च गरेको बुझिएको छ । ओडेगार्ड यस बिन्डोमा आर्सनल आउने चौथो खेलाडी हुन् ।

ओडेगार्डले गत सिजन २० खेल खेल्दै २ गोल गरेका थिए । उनले आइतबार हुने चेल्सीविरुद्ध खेल भने खेल्ने छैनन् । सन् २०१५ मा १६ वर्षको उमेरमा रियल म्याड्रिडमा अनुबन्धित उनले अपेक्षा गरेअनुसार प्रदर्शन गर्न सकेनन् । उनले रियलबाट कुल ८ खेल मात्र खेले । उनी लोनमा हेरेनयभिन, भिटेस र रियल सोसीडाडमा खेलेका थिए ।

civil hospital
Hams Hospitals
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
0
Would love your thoughts, please comment.x
()
x