नेपाली राष्ट्रिय क्रिकेट टोलीको अन्तिम १७ सदस्यीय टोली घोषणा
वि.सं.२०७८ भदौ ५ शनिवार
shares
काठमाडौं। नेपाल क्रिकेट संघ(क्यान)ले आइसिसी विश्वकप लिग–२ अन्तर्गत ओमान र अमेरिकासँग हुने त्रिकोणात्मक सिरिज तथा पपुवा पुगिनीसँग हुने दुई ओडिआई सिरिजको नेपाली राष्ट्रिय क्रिकेट टोलीको अन्तिम १७ सदस्य टोली घोषणा गरेको छ ।
पहिलाे पटक टोलीमा तीव्र गतिका युवा बलर गुलशन झाले स्थान बनाउन सफल भएका छन्।
गुलशनसँगै तीव्र गतिका बलर विक्रम शोयब, शरद भेषावकर र रोहित कुमार पौडेलले पूनरागमन गरेका छन् । प्रशिक्षणमा रहेका साहब आलम र कमलसिंह ऐरी भने टाेलीबाट बाहिरिएका छन्।
नेपालले पिएनजीसँग पहिलो ओडिआई खेल भदौ २० (सेप्टेम्बर पाँच) मा खेल्नेछ । दोस्रो ओडिआई भदौ २३ सेप्टेम्बरमा खेल्नेछ । त्यसपछि टोलीले चार दिनकाे विश्राममा रहनेछ।
नेपाल, ओमान र अमेरिकाबीचको त्रिकोणात्मक सिरिज भदौ २८ देखि असोज ४ (सेप्टेम्बर १३ देखि २०) सम्म खेल्ने छ । खेल तालिका भने सार्वजनिक भएको छैन । नेपालले पिएनजीसँग ओडिआई अभ्यास खेल्दा ओमानले मुम्बईको टोलीसँग तीन एकदिवसिय र तीन टि २० सिरिज खेल्ने बताइएको छ।
नेपालको टोली: ज्ञानेन्द्र मल्ल, दीपेन्द्रसिंह ऐरी, कुशल भुर्तेल, आसिफ शेख, गुलशन झा, आरिफ शेख, कुशल मल्ल, विनोद भण्डारी, करण केसी, सोमपाल कामी, सन्दीप लामिछाने, अविनाश बोहरा, सुशान भारी, शरद भेषावकर, विक्रम सोब, पवन सरार्फ, रोहित कुमार पौडेल ।
































