एमालेमा नयाँ एकताः महाधिवेशन मंसिर १० देखि १३ सम्म

11.9K
shares
Nabil bank

काठमाडौं । नेकपा विभाजनसँगै तीव्र विवाद र फुटको सँघारमा पुगेको एमाले आठ महिनापछि एकताको लयमा फर्किएको छ । एमाले अध्यक्ष केपी शर्मा ओलीले नयाँ पार्टी दर्ताको प्रक्रियामा गएका वरिष्ठ नेता माधवकुमार नेपाल समूहमा रहेका मुख्य र निर्णायक हिस्सालाई एमालेमा नै समाहित गरी वडादेखि केन्द्रसम्मको महाधिवेशन गर्ने निर्णय गरेका छन् ।

अध्यक्ष ओलीको अध्यक्षतामा एमालेको मंगलबार सम्पन्न स्थायी कमिटीको बैठकले पार्टीका सबै संरचनालाई २ जेठ २०७५ को अवस्थामा फर्काउँदै जिल्लादेखि केन्द्रसम्मका अधिवेशन गर्ने निर्णय गरेको हो । जसअनुसार एमालेको १०आंै महाधिवेशन आगामी १० देखि १३ मंसिरमा काठमाडांैमा हुने भएको छ । बैठकसँगै नेपाल समूहमा रहेका शक्तिशाली मानिएका १० जना स्थायी कमिटी सदस्य पनि एमालेमा नै समाहित भएका छन् ।

यद्यपि, एमालेका वरिष्ठ नेता नेपाल अर्का वरिष्ठ नेता झलनाथ खनाललगायतले भने नेकपा एकीकृत समाजवादी नामक नयाँ पार्टी दर्ता प्रक्रिया थालिसकेकाले त्यसको असर एमालेमा पर्ने नेताहरूले जनाएका छन् । ओली पक्षका नेताहरूले पार्टी नफुटेको तर सानो रूपमा चोइटिएको दाबी गरेका छन् । तर, नेपाल पक्षका नेताहरूले भने आफ्नो पार्टीले एमालेलाई चुनौती दिने दाबी गरेका छन् ।

एकताले बुनेको टाइमलाइन

भदौ १० –केन्द्रीय कमिटी बैठक

भदौ १६–२० जिल्ला र जनसंगठन भेला

भदौ २५–२६ स्थायी कमिटी बैठक

भदौ २७–२८ केन्द्रीय कमिटी बैठक

असोज ४–६ विधान महाधिवेशन

कात्तिक ६ –देशभर वडा अधिवेशन

कात्तिक ९– स्थानीय तहका अधिवेशन

मंसिर १०–१३ १०आंै राष्ट्रिय महाधिवेशन

 

एमालेका सचिव तथा प्रवक्ता प्रदीप ज्ञवालीले बाटो बिराएर तथा एमालेबाट चोइटिएर अर्को दल खोल्न पुगेकालाई एकतामा आउन आह्वान गरिएको जानकारी दिए । ‘एमालेबाट चोइटिएर जानेहरूले पश्चाताप मान्नुपर्ने भएकाले त्यस्तो अवस्था आउन नदिन उहाहरूले सोचविचार गरी पुनः फर्कनुपर्छ र स्थायी कमिटी बैठकले फर्कन आह्वान गर्ने निर्णय गरेको छ,’ प्रवक्ता ज्ञवालीले भने । एमालेको स्थायी कमिटी बैठकले पार्टीका सबै संरचना २०७५ साल जेठ २ गतेअघिकै अवस्थामा फर्काउने निर्णय गरेको प्रवक्ता ज्ञवालीले जानकारी दिए । तर, नेकपा एकताबाट आएका र एमालेमा निरन्तरता दिएका पूर्वमाओवादी नेता कार्यकर्ताको हकमा भने जिम्मेवारी यथावत् राखिएको छ ।

बैठकमा यसअघि पार्टी जीवनमा देखापरेको संकट समाधान गर्न गठित उच्चस्तरीय कार्यदलले तयार पारेको बँुदे सहमति कार्यान्वयन गर्ने सवालमा देखापर्ने समस्या समाधान गर्न पार्टीका महासचिव ईश्वर पोखरेलसहितको सात सदस्यीय कार्यदल गठन गरेको छ । जसमा पार्टी उपाध्यक्ष भीम रावल, विष्णु पौडेल, घनश्याम भुसाल, सुरेन्द्र पाण्डे र लेखराज भट्ट छन् । माधव नेपालको पार्टीमा गएकाहरूको हकमा कार्यदलले अन्तिम टुंगो लगाउनेछ भने केन्द्रीय निकाय र विभागलाई पूर्णता दिन कार्यदलाई जिम्मेवारी दिइएको छ ।

एकताको आधार:

– सबै तहका कमिटी २०७२ जेठ २ अघिको जिम्मेवारीमा फर्किने

– केन्द्रीय सदस्य र विभागमा मनोनयन गर्न कार्यदल गठन

– नेकपा हुँदाका तर एमालेमा आएका माओवादी नेताहरूको जिम्मेवारी र सदस्यता यथावत्

१० बुँदे कार्यान्वयन गर्न कार्यदल गठन:

सदस्यहरू: ईश्वर पोखरेल, भीम रावल, घनश्याम भुसाल, विष्णु पौडेल, सुरेन्द्र पाण्डे, लेखराज भट्ट

स्थायी कमिटी बैठकले सदस्यता नवीकरणका लागि २०७५ जेठ २ गतेको सदस्यतालाई आधार बनाउने र एकीकरणमा आबद्ध भएका तथा २०७५ जेठ ३ पछि सदस्यता प्रदान गरिएका पार्टी सदस्यहरूको सदस्यतासमेत सम्बन्धित जिल्ला कमिटीले नवीकरण गर्ने निर्णय बैठकले गरेको छ । राजधानी दैनिकमा समाचार छ ।

civil hospital
Hams Hospitals
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
0
Would love your thoughts, please comment.x
()
x