मेगा म्युचुअल फण्ड–१ का इकाईहरुमा माग गरिए भन्दा २.३७ गुणा बढीको आवेदन
वि.सं.२०७८ भदौ १२ शनिवार
shares
काठमाडौं । मेगा म्युचुअल फण्ड–१ का इकाईहरुमा माग गरिए भन्दा २.३७ गुणा बढीको आवेदन परेको छ । मेगा म्युचुअल फण्ड अन्तर्गत सञ्चालन हुने बन्दमुखी योजना ‘मेगा म्युचुअल फण्ड–१’ को को प्रति इकाई मूल्य रु. १० (दरको १०,००,००,००० (दस करोड) इकाई मध्ये न्यूनतम १,५०,००,००० (एक करोड पचास लाख) वा कुल बिक्री भएको इकाई संख्याको न्युनतम १५ प्रतिशत इकाई कोष प्रवद्र्धक मेगा बैंकको लागि सुरक्षित राखि बाँकी न्यूनतम ८,५०,००,००० (आठ करोड पचास लाख) इकाईमा सार्वजनिक निष्काशन गरेको हो ।
निष्काशनको दुई दिनमै माग भन्दा बढी आवेदन प्राप्त भई चौथो दिनसम्ममा सर्वसाधारण लगानीकर्ताहरुको उल्लेखनीय सहभागिता स्वरुप १,६३,६४६ आवेदकहरुबाट करिब २०,१४,५५,६०० बराबरको इकाई खरीदका लागि आवेदन परेको छ । जुन बिक्रीको लागि माग गरिएको आवेदन रकम भन्दा २.३७ गुणा बढी आवेदन परेको हो ।
नेपालको वित्तीय इतिहासमा हाल सम्मकै म्युचुअल फण्डमा सबै भन्दा धेरै आवेदन यस ‘मेगा म्युचुअल फण्ड–१’ मा प्राप्त भएको छ। यो नयाँ कृतिमान् कायम गरेकोमा कम्पनीले गौरवान्वित भएको उल्लेख गरेको छ ।
मागभन्दा धेरै बढी इकाईका लागि आवेदन परेकोले धितोपत्र बोर्डले जारी निर्देशिका बमोजिम कोषको कुल आकारको २५ प्रतिशत थप गरी इकाईहरु बाँडफाँड गरिने कम्पनीले जनाएको छ ।































