विश्वकप फुटबलको छनोट चरणमा स्पेन पराजित

9.6K
shares
Nabil bank

एजेन्सी । विश्वकप फुटबलको छनोट चरणमा स्पेन पराजित भएको छ । स्पेनले छनोट चरणमा २८ वर्षपछि हार बेहोरेको हो ।

आउँदो वर्ष कतारमा हुने विश्वकप फुटबलका लागि युरोपियन क्षेत्रको छनौट अन्तर्गत बिहीबार राति भएको खेलमा स्पेन स्वीडेनसँग २–१ गोलले पराजित भएको हो । विश्वकप फुटबलको छनौट चरणमा स्पेन पराजित भएको यो सन् १९९३ यताकै पहिलो घटना हो ।

चौथो मिनेटमा गोल गरि सोलेरले स्पेनलाई सुरुवाति अग्रता दिलाए । लगत्तै पाँचौँ मिनेटमा इसाकले स्वीडेनका लागि बराबरी गोल फर्काए । खेलको ५७ औँ मिनेटमा क्लाइसनले गरेको गोल नै स्वीडेनको जितका लागि निर्णायक बन्यो ।

लगातार तीन खेलमा जित निकालेको स्वीडेन ९ अंकसहित समूह बी को शीर्ष स्थानमा छ । चार खेलबाट सात अंकसहित स्पेन दोस्रो स्थानमा छ । सोही समूहको अर्को खेलमा कोसोभोले जर्जियालाई १–० गोलले पराजित गरेको छ ।

बिहीबार राति नै भएको खेलमा इटाली बुल्गेरियासँग १–१ को बराबरीमा रोकिएको छ । समूह सी अन्तर्गतको खेलमा बराबरीमा रोकिएको इटाली चार खेलबाट १० अंकसहित शीर्ष स्थानमा छ । अर्को खेलमा उत्तरी आयरल्याण्डले लिथुवानियालाई ४–१ गोलले पराजित गरेको छ ।

अरु खेलमा जर्मनीले लिचेस्टाइनलाई २–०, रोमानियाले आइसल्याण्डलाई २–०, चेक गणतन्त्रले बेलारुसलाई १–० तथा बेल्जियमले इस्टोनियालाई ५–२ गोलले पराजित गरे । उत्तरी मेसेडोनिया र अर्मेनियाले गोलरहित बराबरी खेले ।

civil hospital
Hams Hospitals
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
0
Would love your thoughts, please comment.x
()
x