विश्वकप छनोट तथा दक्षिण एसियाली छनोट अन्तर्गत ब्राजिल र अर्जेन्टिनाबीचको खेल स्थगित

11.4K
shares
Nabil bank

एजेन्सी । कतार विश्वकप छनोट तथा दक्षिण एसियाली छनोट अन्तर्गत ब्राजिल र अर्जेन्टिनाबीचको खेल स्थगित भएको छ।

सोमबार बिहान ब्राजिललको साओ पाउलोमा सुरु भएको खेल कोरोना मापदण्डविपरीत भएको भन्दै स्थगित भएको हो। करिब ६ मिनेटको खेल जारी रहँदा ब्राजिलियन स्वास्थ्य अधिकारीहरू मैदान छिरेर खेल रोक्न निर्देशन दिएका थिए।

स्वास्थ्य अधिकारीले भ्रमण टोली अर्जेन्टिनाका चार खेलाडीले क्वारेन्टिन नियम तोडेको बताएका छन्। हाल इंग्ल्याण्डबाट ब्राजिल प्रवेश गर्दा १४ दिनको क्वारेन्टिन व्यवस्था गरिएको छ। तर इंग्ल्याण्डको प्रिमियर लिग खेलिरहेका खेलाडी क्वारेन्टिनमा नबेसेको उनीहरूको आरोप छ।

एस्टन भिल्लाका इमिलियानो बुएण्डिया र गोलरक्षक इलिमियानो मार्टिनेज तथा टोटनहमका जिओभानी लो सेल्सो र क्रिष्टिअन रोमेरो प्रिमियर लिगबाट फर्किएका हुन्। बएण्डिया बाहेक तीन खेलाडी प्लेइङ सेटमा रहेका थिए।

civil hospital
Hams Hospitals
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
0
Would love your thoughts, please comment.x
()
x