अर्थमन्त्रीकाे निर्देशन पछि शेयर बजारमा उछाल

23.5K
shares
Nabil bank

काठमाडौं । आज (सोमबार) सेयर बजारमा हरियाली फर्किएको छ । आइतबार मात्रै १०८.२६ अंकले घटेर २८१८.७२ पुगेको बजारमा सोमबार उत्साह छाएको छ ।

आज सेयर कारोबार मापक नेप्से परिसूचक १६१.९४ अंकले बढेर २९८०.७८ विन्दुमा पुगेको छ आज नेप्से ५.७४ प्रतिशतले बढेको हो।

नेपाल राष्ट्र बैंकले गत भदौ ८ गते मौद्रिक नीति, २०७८ र एकीकृत निर्देशिका जारी गर्दै सेयर धितो कर्जाको सीमालाई १२ करोडमा सीमित गरेको थियो । राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले मौद्रिक नीति, २०७८ र एकीकृत निर्देशिका सार्वजनिक गर्दै सेयर धितोमा प्रवाह हुने मार्जिन प्रकृतिको कर्जामा एक व्यक्ति वा संस्थाले एक वित्तीय संस्थाबाट अधिकतम ४ करोड रूपैयाँ र समग्र वित्तीय प्रणालीबाट अधिकतम १२ करोड रूपैयाँसम्म मात्र लिन सक्ने व्यवस्था गरेका थिए । योसँगै सेयर बजार निरन्तर आरालो लागिरहेको थियो ।

अर्थमन्त्रीले जनार्दन शर्माले लगानीकर्ताहरुको समस्याहरु समाधान गर्ने बताएका थिए । सो पश्चात बजारमा पुन: उत्साह फर्किएको हो ।

बजारमा भारी गिरावट आएपछि लगानीकर्ताहरु सेयर धितो कर्जाको सीमालाई तत्काल खारेज गर्न माग गर्दै गभर्नरको राजिनामासहित राष्ट्र बैंक समेत घेराउ गरेका थिए । पुँजी बजार सुधार संघर्ष समितिका संयोजक ढकालले राष्ट्र बैंकका प्रवक्ता देवकुमार ढकाललाई १८ बुँदे ज्ञापनपत्र बुझाएका छन्। ज्ञापनपत्र बुझ्दै प्रवक्ता ढकालले सेयर धितो कर्जा सीमा केहि परिमार्जन गरिने बताएका छन्।

यता सेन्सेटिभ परिसूचक पनि ३१.४१ अंकले बढेर ५५३.४० विन्दुमा पुगेको छ ।

आज कुल २२४ कम्पनीको एक करोड ७९ लाख २२ हजार ५८८ कित्ता सेयर खरिदबिक्री हुँदा ९ अर्ब ८२ करोड ६२ लाख २२ हजार ८०७ रुपैयाँको कारोबार भएको नेप्सेले जनाएको छ । कारोबार रकम भने ९ अर्बमा खुम्चिएको छ ।

कुल १३ उपसमूहमा १३ वटै समूहको सेयरमूल्य बढेको छ सोमबार विकास बैंक, हाइड्रोपावर, फाइनान्स समूहको सेयर मूल्यमा उछाल आएको छ ।

सोमबार ४२ वटा कम्पनीको सेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ ।

civil hospital
Hams Hospitals
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
0
Would love your thoughts, please comment.x
()
x