इटालीले बनायाे नयाँ कीर्तिमान

11.7K
shares
Nabil bank

एजेन्सी। अन्तर्राष्ट्रिय फुटबलमा इटालीले सबैभन्दा बढी खेलमा अपराजित रहने कीर्तिमान बनाएको छ । आइतबार राति विश्वकप छनोटको समूह चरणमा स्विट्जरल्यान्डसँग गोलरहित बराबरी खेल्दै इटालीले यसअघि ब्राजिल र स्पेनले राखेको ३५ खेलको अपराजित यात्रालाई तोडेकाे हाे।

युरोपेली च्याम्पियन इटाली ३६ खेलसम्म अपराजित रहेर नयाँ कीर्तिमान बनाउन सफल भएका छ। यसअघि पाँच पटकको विश्वविजेता ब्राजिलले सन् १९९३ देखि सन् १९९६ सम्म तथा स्पेन २००७ देखि २००९ सम्म ३५ खेलसम्म अपराजित यात्रा कायम राखेका थिए । पोर्चुगलसँग १–० को पराजय बेहोरेयता हार बेहोरेको छैन ।

त्यसपछि इटाली ३६ खेल खेल्दा २९ जित र ७ बराबरीको नतिजा निकालेको छ । इटालीले गत जुलाई सम्पन्न युरोकपमै प्रि–क्वाटरफाइनलमा अस्ट्रियालाई अतिरिक्त समयमा २–१ ले पराजित गर्दै अपराजित यात्रा ३१ खेलसम्म लम्ब्याउँदै आफैले ८२ वर्षअघि राखेको ३० खेलसम्मको अपराजित कीर्तिमान यात्रालाई भंग गर्दा अर्जेन्टिनाले सन् १९९१ देखि सन् १९९३ सम्म ३१ खेलसम्म राखेको अपराजित यात्रालाई भेट्टाएको थियो ।

इटालीले सन् १९३५ अक्टोबरदेखि सन् १९३९ जुलाईसम्म ३० खेल अपराजित रहने कीर्तिमान राखेको थियो । इटालीले यसअघि विश्वकप छनोटमै बुल्गेरियासँग १–१ गोलको बराबरी खेलेका थिए ।

यो बराबरीपछि समूह ‘सी’मा इटाली ५ खेलबाट ११ अंक जोडेर शीर्षस्थानमा यथावत् रहेको छ । ३ खेल खेलेको स्विट्जरल्यान्ड ७ अंक जोडेर दोस्रो स्थानमा रहेको छ ।

त्यस्तै समूहको अर्काे खेलमा बुल्गेरियाले लिथुआनियालाई १–० ले पराजित गरेको छ । जितपछि बुल्गेरिया ५ खेलबाट ५ अंक जोडेर तेस्रो स्थानमा उक्लिएको छ । लिथुआनिया अंकविहीन रहँदा पुछारमा छ । नर्दन आयरल्यान्ड ३ खेलबाट ४ अंक जोडेर चौथो स्थानमा रहेको छ ।

civil hospital
Hams Hospitals
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
0
Would love your thoughts, please comment.x
()
x