राष्ट्रिय बीमा कम्पनीका प्रमुख कार्यकारी अधिकृत अर्याल मन्त्रालय तानिए

2.1K
shares

काठमाडौं । सरकारले राष्ट्रिय बीमा कम्पनीका प्रमुख कार्यकारी अधिकृत डा. डिल्ली राज अर्याललाई मन्त्रालय तानेको छ । अर्याल तानिएसँगै राष्ट्रिय बीमा कम्पनीको प्रमुख कार्यकारी अधिकृतको पद खाली भएको छ । कम्पनीमा कुनै वैकल्पिक व्यवस्था नगरी मन्त्रालयले अर्याललाई फिर्ता बोलाएको हो ।

अर्याललाई साढे दुई वर्ष अगाडी मन्त्रालयले कम्पनीको प्रमुख कार्यकारी अधिकृतमा नियुक्त गरेको थियो । कम्पनीको एक दशकदेखि रोकिएका लेखापरीक्षण तथा साधारणसभालाई सहजिकरण गर्न सकिने भन्दै मन्त्रालयकै प्रतिनिधिको रुपमा अर्याललाई नियुक्त गरिएको थियो ।

civil hospital
Hams Hospitals