तेह्रथुम पावर कम्पनीको आइपीओ शुक्रबार बिहान १० बजे बाँडफाँट हुने
वि.सं.२०७८ भदौ २२ मंगलवार
shares
काठमाडौं । तेह्रथुम पावर कम्पनीको आइपीओ शुक्रबार (भदौ २५ गते) बिहान १० बजे बाँडफाँट हुने भएको छ ।
कम्पनीको सेयर निष्काशन तथा बिक्री प्रबन्धक एनआईविएल एस क्यापिटलका अनुसार शुक्रबार बिहान सेयर बाँडफाँट हुने भएको हो । आईपीओको प्रि-अलोटमेन्ट मंगलबार नै भइसेको छ । कम्पनीले भदौ ९ गते देखि १३ गतेसम्म आठ करोड रुपियाँ बराबरको आठ लाख कित्ता सेयर निष्काशनमा ल्याएको थियो ।
कम्पनीले बिक्रीमा ल्याएको कुल सेयरमध्ये दुई प्रतिशत अर्थात १६ हजार कित्ता सेयर कर्मचारीहरुका लागि र ५ प्रतिशत अर्थात ४० हजार कित्ता सेयर सामूहिक लगानी कोषलाई छुट्याएर बाँकी रहेको सात लाख ४४ हजार कित्ता सेयर मात्रै सर्वसाधारणलाई बिक्री गरेको हो ।
कम्पनीके आईपीओमा २३ लाख ९६ हजार ३४८ जना आवेदकबाट कुल ३ अर्ब १२ करोड ४६ लाख ९१ हजार रुपियाँ बराबरको आवेदन परेको छ । कम्पनीको आइपीओ ७४ हजार चारसय जनाले मात्रै १० कित्ताको दरले पाउनेछन् । बाँकी आवेदकले भने सेयर नपाउने देखिन्छ ।
हाल कम्पनीको चुक्ता पूँजी २८ करोड रुपियाँ रहेको छ । स्थानियलाई चार करोड रुपियाँ र सर्वसाधारणलाई आठ करोड रुपियाँ बराबरको आईपीओ निष्काशन पछि कम्पनीको चुक्ता ४० करोड रुपियाँ पुग्नेछ ।































