बुधबार पनि शेयर बजारमा गिरावट

11K
shares
Nabil bank

काठमाडौं । आज (बुधबार) सेयर कारोबार मापक नेप्से परिसूचक ६० दशमलब ०२ अंकले घटेर २८ सय ७६ दशमलब ५९ अंकमा पुगेको छ ।

यता सेन्सेटिभ परिसूचक ११ दशमलब ९१अंकले घटेर ५ सय ३६ दशमलब ५१ बिन्दुमा पुगेको छ । आज कुल २२५ कम्पनीको १ करोड ६१ लाख ४८ हजार ६५२ कित्ता सेयर खरिदबिक्री गर्दा ६ अर्ब ६४ करोड ६६ लाख २३ हजार ४२७ रुपैयाँको कारोबार भएको नेप्सेले जनाएको छ । हिजोको तुलनामा आज बुधबार कारोबार रकममा पनि गिरावट आएको छ ।

बुधबार कुल १३ उपसमूहमा भएका सबै उपसमूहको सेयरमूल्य आरालो लागेको छ ।

बुधवार बजारमा सानिमा लाइफ इन्स्योरेन्सको सेयरमूल्यमा सर्किट लागेको छ । भने जीवन विकासको सेयर मूल्य आरालो लागेको छ ।

सेयर बजारमा आज सर्वाधिक कारोबार मोदी हाइड्रोपावर लिमिटेडले ४० करोडबराबरको गरेको छ । त्यस्तै आज सबैभन्दा धेरै सेयर मूल्य गुमाउनेमा एलआइसी नेपाल रहेको छ । जसले ६ दशमलब ६ प्रतिशतले सेयर मूल्य ओरालो लागेको छ ।

civil hospital
Hams Hospitals
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
0
Would love your thoughts, please comment.x
()
x