राजनीतिक दलसम्बन्धी अध्यादेश टेबल

18.5K
shares
Nabil bank

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको अवरोधपछि संसद् बैठक २५ भदौ शुक्रबार दिउँसो १ बजेसम्मका स्थगित भएको छ । बैठकको पहिलो दिन नै विपक्षी एमालेको निरन्तर अवरोधका कारण सभामुख अग्निप्रसाद सापकोटाले संसद् बैठक दुईपटक क्रमशः १५÷१५ मिनेटका लागि लागि स्थगित गरेका थिए ।

त्यसपछि पनि एमालेको अवरोध कायमै रहेकाले बैठक शुक्रबार १ बजेसम्मका लागि स्थगित गरिएको हो ।

सभामुख सापकोटाले आफूहरूले कारबाही गरेका १४ जना सांसद्लाई कारबाही प्रक्रियामा नलगेको भन्दै बैठक सुरु भएलगत्तै अवरोध गरेको थियो । अवरोधपछि १५ मिनेटका लागि बैठक स्थागित गरिएको थियो । १५ मिनेटपछि बसेको दोस्रो बैठक पनि एमालेका सांसदले अवरोध गरेपछि सभामुख सापकोटाले बैठक स्थगित गरेका हुन् ।

एमाले सांसदले नाराबाजी नरोकेपछि उनले मागमा आफ्नो ध्यानाकर्षण भएको भन्दै संसद् सञ्चालनमा सहयोग गर्न पटकपटक आग्रह गरेका थिए । उनले संविधान नियम र कानुनअनुसार चल्न आग्रह गर्दै बैठक सञ्चालन गर्न आग्रह गरेका थिए । राजधानी दैनिकमा समाचार छ।

civil hospital
Hams Hospitals
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
0
Would love your thoughts, please comment.x
()
x