लगानी बोर्डको रणनीतिक योजना सार्वजनिक
वि.सं.२०७८ भदौ २४ बिहीवार
shares
काठमाडौं । लगानी बोर्डले आगामी पाँच वर्षमा १० अर्ब अमेरिकी डलरबराबरको विदेशी लगानी स्वीकृत गर्ने लक्ष्यसहित रणनीतिक योजना सार्वजनिक गरेको छ । बोर्डले आफ्नो १०औं स्थापना दिवसका अवसरमा कोरोना महामारीको प्रभाव र बाढीपहिरोलगायतका प्राकृतिक प्रकोपलाई समेत ध्यानमा राखेर बुधबार यस्तो रणनीतिक योजना सार्वजनिक गरेको हो ।
प्रधानमन्त्री एवं लगानी बोर्डका अध्यक्ष शेरबहादुर देउवाले बोर्डको १०औं वार्षिकोत्सवका अवसरमा राजधानीमा आयोजित कार्यक्रमबीच पाँचवर्षे व्यावसायिक योजना (२०७८–८२) सहितको रणनीतिक योजना सार्वजनिक गरेका हुन् ।
बोर्डले आगामी पाँच वर्षका लागि तय गरेको रणनीतिक योजनाले अबको पाँच वर्षभित्रमा १० अर्ब अमेरिकी डलरबराबरको लगानी स्वीकृत गर्ने, ६ अर्ब अमेरिकी डलरबराबरको सार्वजनिक–निजी साझेदारीका परियोजनाको व्यवस्थापन गर्ने, कम्तीमा १ लाख जनालाई रोजगारी सिर्जना गर्न सहयोग पु¥याउने, प्रभावकारी लगानी प्रवद्र्धनद्वारा लगानीको वातावरण सुधार गर्न योगदान पु¥याउने तथा लगानी बोर्डलाई सार्वजनिक–निजी साझेदारीको उत्कृष्टताको नमुना संस्थाको रूपमा विकास गर्ने पाँचवटा मूल लक्ष्य लिएको छ ।
सो रणनीतिक योजनामा परियोजना विकास तथा व्यवस्थापन, लगानी प्रवद्र्धन, संस्थागत विकास तथा समन्वय, सहकार्य र साझेदारी गरी चारखम्बे नीतिसहितको योजना मुलुकलाई आर्थिक रूपले समृद्ध बनाउन नेपाललाई आकर्षक लगानी गन्तव्य बनाउने लक्ष्य बोर्डले लिएको छ । देशको पूर्वाधारमा लगानी जुटाउने उद्देश्यले २०६८ सालमा स्थापना भएको बोर्डले बुधबार आफ्नो १०औं वार्षिकोत्सव तथा स्थापना दिवस मनाएको हो । स्थापना कालदेखि हालसम्म बोर्डले यो अवधिमा देशका विभिन्न परियोजनाका लागि धेरै लगानी जुटाएको छ ।
बोर्डले जुटाइदिएको लगानीमार्फत नै हाल मुलुकमा एउटा आयोजना सम्पन्न भइसकेको छ । बोर्डले स्थापना कालयता सबैभन्दा बढी काम भएका विभिन्न पाँचवटा परियोजनाको सूची राखेको छ भने अन्य आयोजनाहरूका लागि लगानी जुटाउन परियोजना बैंकमा राखेको छ । राजधानी दैनिकमा समाचार छ।
































