डेब्यु खेलमा राेनाल्डाेकाे दुई गाेल , युनाइटेडकाे सहज जित

14.9K
shares
Nabil bank

इंग्लिस प्रिमियर लिगमा क्रिष्टियानो रोनाल्डोले दोस्रो डेब्यु गर्दा म्यानचेस्टर युनाइटेडले सहज जित निकालेको छ । शनिबार राति घरेलु मैदानमा युनाइटेडले न्युकासल युनाइटेडलाई ४-१ गोल अन्तरले पराजित गरेको हो ।

युनाइटेडलाई जित दिलाउन डेब्यु खेलाडी क्रिस्टियानो रोनाल्डोले दुई गोल गरे । यस्तै ब्रुनो फर्नान्डेज र जेसे लिंगार्डले एक-एक गोल गरे । न्युकासलका जाभियर मानक्विइलोले एक सान्त्वना गोल गरे ।

पहिलो हाफको इन्जुरी समयमा रोनाल्डोले गोल गर्दै युनाइटेडलाई सुरुवाती अग्रता दिलाएका थिए ।

१२ वर्षपछि युनाइटेड फर्किएका रोनाल्डोले डेब्यु खेलमै गोल गरेका हुन् । उनी इटालियन क्लब युभेन्ट्सबाट युनाइटेड आएका हुन् ।

जितसँगै युनाइटेड खेल तालिकाको शीर्ष स्थानमा उक्लिएको छ । युनाइटेडले चार खेलमा १० अंक जोडेको छ । न्युकासल एक अंक जोडेर १९औँ स्थानमा छ।

civil hospital
Hams Hospitals
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
0
Would love your thoughts, please comment.x
()
x