सेल्टा भिगाे विरुद्ध रियलकाे सहज जित

10.7K
shares
Nabil bank

स्पेनिस ला लिगामा रियल म्याड्रिडले सहज जित हात पारेकाे छ । रियलले स्ट्राइकर करिम बेन्जेमाकाे ह्याट्रिककाे मद्दतमा आइतबार राति सेल्टा भिगोलाई ५-२ गोल अन्तरले पराजित गरेको हो ।

रियलको जितमा बेन्जेमाले ह्याट्रिक गर्दा भेनेसुस जुनियर र इडार्डाे कामाभिन्गाले एक/एक गोल गरे । सेल्टा भिगोका लागि शान्ति मिना र फ्रान्को कार्भीले एक/एक गोल गरे पनि टिमलाई हारबाट जाेगाउन सकेनन् ।

खेलमा अग्रता भने भ्रमणकारी टोली सेल्टा भिगोले बनाएको थियो । शान्ति मिनाले चार मिनेटमा सेल्टालाई अग्रता दिलाएका थिए ।

जितसँगै घरेलु टोली रियल म्याड्रिड ४ खेलबाट १० अंकसहित शीर्ष स्थानमा छ । समान अंक भए पनि भ्यालेन्सिया र एथ्लेटिको म्याड्रिड गोल अन्तरका आधारमा क्रमशः दोस्रो र तेस्रो स्थानमा छन् ।

 

 

civil hospital
Hams Hospitals
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
0
Would love your thoughts, please comment.x
()
x