आईसीसी विश्वकप लिग-२ : नेपालसँग अमेरिका ६ विकेटले पराजित
वि.सं.२०७८ भदौ २९ मंगलवार
9.3K
shares
shares
काठमाडौं । आईसीसी विश्वकप लिग– २ को पहिलो खेलमा नेपालले अमेरिकालाई ६ विकेटले पराजित गरेकाे छ। ओपनर ब्याट्सम्यान कुशल भुर्तेलले ८४ रनको योगदान दिएपछि नेपालले सहज जित दर्ता गरेकाे हाे।
टस जितेर फिल्डिङ रोजेको नेपालले जीतका लागि २ सय ३१ रनको लक्ष्य पाएको थियो ।
विकेट किपर मानक पटेलको सतकीय योगदानसँगै अमेरिकाले निर्धारित ५० ओभरमा २ सय ३० रन बनाएको थियो । नेपालका लागि विक्रम सौब, सन्दीप लामिछाने, सुशन भारीले दुई दुई विकेट लिए भने कुशल मल्लको नाममा १ विकेट लिए।
नेपालको तर्फबाट रोहित पौडेलले ६२ तथा विनोद भण्डारीले ३७ रनको योगदान दिएका थिए ।
आईसीसी विश्वकप लिग–२ अन्तर्गत ओमान, अमेरिका र नेपालबीचको त्रिकोणात्क सिरिजको पहिलो खेल नेपाल नेपालले आफ्नो पक्षमा पारेको हो।
Subscribe
0 Comments
Oldest
































