सेयर बजार पुन: ओरालो तर्क , नेप्से परिसूचक १८.५४ अंकले घट्याे

13.3K
shares
Nabil bank

काठमाडौं । आज (मंगलबार) सेयर बजारले पुन: ओरालो लागेको छ। आज सेयर बजारमा दोहोरो अंकको गिरावट देखिएको हो ।

नेपाल स्टक एक्सचेन्ज (नेप्से) का अनुसार आज सेयर कारोबार मापक नेप्से परिसूचक १८.५४ अंकले घटेर २९२९.२८ विन्दुमा पुगेको छ । यस्तै, सेन्सेटिभ परिसूचक पनि ३.२१ अंकले घटेर ५४५.६६ विन्दुमा पुगेको छ ।

मंगलबार कुल २२२ कम्पनीको एक करोड ६ लाख ३९ हजार ८२६ कित्ता सेयर खरिदबिक्री हुँदा ५ अर्ब १९ करोड ५२ लाख ९५ हजार ४४३ रुपैयाँको कारोबार भएको छ ।

आज निर्जीवन बीमा समूहको सेयरमूल्य सर्वाधिक घटेको छ । यो समूहको सेयरमूल्य २.०४ प्रतिशतले घटेको हो ।

आज मनकामना लघुवित्त र सानिमा लाइफ इस्योरेन्सका लगानीकर्ताले सर्वाधिक कमाउँदा राष्ट्रिय बीमा कम्पनीका लगानीकर्ताले सर्वाधिक गुमाएका छन् ।

civil hospital
Hams Hospitals
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
0
Would love your thoughts, please comment.x
()
x